दमकका अग्रज पत्रकार गञ्जबहादुर दाहाल सहित ४ पत्रकार सम्मानित

 लिम्बुवान न्युज
                       

दमक। झापा दमकका अग्रज पत्रकार गञ्ज बहादुर दाहाल सहित १ नं. प्रदेशका ४ जना अग्रज पत्रकारहरुलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

दमकलाई कर्मथलो बनाई विगत ३ दशक देखि निरन्तर पत्रकारिता गरिरहनु भएका दाहाल पूर्व सन्देश दैनिक र जनज्योति साप्ताहिकका सम्पादक तथा प्रकाशक समेत हुन् ।

राष्ट्रिय पत्रकारीता दिबसका अबसरमा उनीहरुलाई पुरस्कृत गर्न लागिएको १ नं. प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहाल र गोविन्दचन्द क्षेत्री त्यसैगरी मोरङकी ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई यो पुरस्कारद्वारा सम्मान गरिने भएको छ ।

मन्त्रालयले अघिल्लो बर्ष र यस वर्षको गरि दुवै वर्षको पुरस्कार एकै पटक घोषणा गरेको हो । पुरस्कारको राशि जनही एक लाख र सम्मानपत्र रहेको छ । मन्त्रालयका अनुसार कोरोनाका कारण पुरस्कार बितरण गर्न नसकिएको र परिस्थिति सहज भएपछी पुरस्कार हस्तान्तरण गरिने जनाएको छ ।

पुरस्कार छनौट समितिमा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे र निवर्तमान अध्यक्ष बिक्रम लुइँटेल रहेका थिए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...