ताप्लेजुङलाई प्रदेश सरकारबाट १५ लाख सहित स्वास्थ्य सामाग्री प्रदान

 लिम्बुवान न्युज
                       

विराटनगर। १ नं. प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले १५ लाख रकमसहित १० शैय्या र पिपिइलगायतका सामग्री ताप्लेजुङका लागि पठाएका छन् । जिल्लामा कोरोना संक्रम बढेपछि आइसोलेशन निर्माण तथा सञ्चालन गर्न सो रकम सहितको अत्यावश्यक सामान पठाइएको हो ।

कोभिड–१९ नियन्त्रण लागि तत्काललाई १ नं. प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख रुपैयाँ मन्त्री आङ्बुहाङ मार्फत पठाइएको उनका स्वकीय सचिव नारद गुरागाईँले जनाकारी दिएका छन् ।

हाललाई स्टेन, टुलबक्सलगायत १० थान शय्या, २०० थान पिपिइ सेट, ३०० थान स्वाब सङ्कलन गर्ने कीटबक्स, ४५ थान थर्मलगन र मास्क र स्यानिटाइजरसहितका सामग्री ताप्लेजुङका लागि पठाइएको गुरागाईँले जनकारी दिए ।

स्वास्थ्य सामग्री आज(शुक्रबार) ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आइपुग्ने गुरागाईँले बताउनुभयो । ताप्लेजुङसहित प्रदेश नं १ का हिमाली जिल्लाका लागि पिसिआर परीक्षण मेसिनसमेतको खोजी भइरहेको गुरागाईँले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...