कोरोना संक्रमितको उपचारमा सरकार असफल: जसपा नेपाल (प्रदेश नं.१)

,   लिम्बुवान न्युज
                       

दमक, २४ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश नं १ ले कोरोना संक्रमणबाट पीडित नागरिकहरुको स्वास्थ्य उपचार र जीवन रक्षामा तीनै तहको सरकार असफल भएको भएको आरोप लगाएको छ । जसपा १ नं. प्रदेशले प्रभावकारी ढंगले संक्रमितकाे उपचार नभएकाेमा सरकार जिम्मेवार हुनु पर्ने बताएकाे छ ।

कोरोना महामारीको संवेदनशील अवस्थामा पनि नागरिकको जीवन रक्षामा उदासिन र गैरजिम्मेवार भएको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकार यतिबेला कोरोना विरुद्धको खोप निर्यातमा समेत भ्रष्टाचार र कमिसनको खेलमा फसेको आरोप लगाएको छ । प्रदेश अध्यक्ष प्रविण चाम्लिङद्वारा जारी विज्ञप्तिमा सत्ताको आयु लम्ब्याउने भन्दा बाहेक अन्यत्र सरकारको ध्यान नगएको उल्लेख छ ।

जारी विज्ञप्तिमा भनिएको छ –‘प्रदेश नं १ का सबै नागरिकहरुलाई कोरोना खोप उपलब्ध गराउन, सबै नागरिकको निःशुल्क पिसिआर परीक्षण गर्न प्रदेश सरकार र स्थानीय तहहरुलाई आग्रह गर्दछौं ।

विज्ञप्ति मार्फत आवश्यक संख्यामा अस्पतालहरुमा सय्या वृद्धि गर्न, सीमा नाकाबाट भित्रिनेहरुका लागि सुरक्षित क्वारेन्टिनस्थल निर्माण र सञ्चालन गर्न, स्थानीयस्तरमा अक्सिजन सुविधा सहितको कोभिड अस्पताल र आइसोलेसन केन्द्र निर्माण गर्न र कोरोना संक्रमित सबै नागरिकहरुको निःशुल्क र प्रभावकारी उपचार गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुलाई आग्रह गरिएको छ ।

जसपा प्रदेश १ ले श्रमजिवी वर्गको निम्ति तत्काल विशेष राहत प्याकेज घोषणा गरी रोगबाट सुरक्षित राख्ने र भोकबाट मर्न नदिने राज्यको कर्तव्य र दायित्व पूरा गर्न सरकारसँग माग गरेको छ । साथै कालाबजारी र कृर्तिम अभाव सिर्जना हुन नदिन प्रभावकारी अनुगमन र संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेको छ ।

सर्वसाधारणलाई अनिवार्य मास्क लगाउन, साबुन पानीले हात धुने, सेनिटाइजरको नियमित प्रयोग लगायत स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरी सुरक्षित रहन र अत्यावश्यक काम नपरेसम्म घर बाहिर ननिस्कन, भीडभाड नगर्न आह्वान गर्दै जसपा प्रदेश १ ले मातहतको पार्टी समितिहरुलाई नागरिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोग र समन्वयमा जुट्न आह्वान समेत गरेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;