कामीरिताले चुमे २५औं पटक सगरमाथाको चुचुरो

 लिम्बुवान न्युज
                       

काठमाडौं, २४ वैशाख । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २५औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोली नेतृत्व गर्दै शेर्पाले चुचुरो चुमेको हुन् ।

आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार कुल १२ जना आइसफल डाक्टरको टोली सगरमाथाको चुचुरोमा पुगेको हो ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

डोरी टाँग्दै गएको आइसफल डाक्टरको टोली आज साँझ ६ बजे चुचुरो पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले पुष्टी गरिन् । उनका अनुसार अब आरोहणको ढोका खुलेको छ । मौसम अनुकुल रहेमा धमाधम आरोहण शुरु हुने उन् बताइन् ।

यो बर्ष सगरमाथा चुचुरोमा आरोहण गर्नका लागि मात्र ४०८ जनाले अनुमति लिएका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;