झापामा कोरोना संक्रमित मृतकको संख्या १४६ पुग्यो

 लिम्बुवान न्युज
                       

दमक/आज झापाको दमक ३ की १ जना र गौरादह ४ की १ जना गरी कोरोना संक्रमणबाट झापा जिल्लामा मृतकको संख्या १४६ पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या १२ सय नाघेको छ ।

झापाको दमकमा आज शुक्रबार थप २० जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका ६ महिला र १४ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

गौरादहकी महिलाको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएकी थिइन त्यसैगरी दमककी ३१ बर्षीया सुत्केरी महिलाको कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...