चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई डब्ल्यूएचओले दियो अनुमति

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मबाट निर्मित कोरोनाविरुद्धको भ्याक्सिनलाई आपतकालीन रुपमा तत्काल प्रयोगमा ल्याउन अनुमति दिएको जनाएको छ ।

डब्ल्यूएचओले यो खोपलाई अनुमति दिन अगावै नै ४ वटा खोपहरु फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको थियो ।

चिनीयाँ कम्पनी सिनोफार्मले आफुले बनाएको खोप यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ । त्यस्तै यो खोप अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशहरुले आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन् ।

डब्ल्यूएचओले शुक्रबार सिनोफार्मको खोपलाई अनुमति दिँदै १८ वर्षभन्दा माथिका व्यक्तिहरुले मात्र प्रयोग गर्नुपर्ने बीबीसीले जनाएको छ । यो खोप दुई डोज लगाउने पर्ने पनि जनाइएको छ ।

डब्ल्यूएचओले अर्को चिनियाँ कम्पनी सिनोभ्याकको खोपमा पनि आगामी दिनमा अनुमति दिने निर्णय लिने सम्भावना छ । यस्तै रुसी खोप स्पुतनिक भी को मूल्यांकन पनि डब्ल्यूएचओले गर्दै आएको बीबीसीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...