झापामा निषेधाज्ञालाई थप कडा गरिदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। झापा जिल्लामा निषेधाज्ञालाई थप कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा शनिवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसी बैठकले निर्माण सामग्री बोक्ने सवारीसाधनलाई पनि समय तोकेपछि निषेधाज्ञा थप कडा पारिएको हो ।

बैठकले निर्माण सामग्री बोक्ने टिपर, ट्याक्टर लगायत अन्य सवारीसाधनलाई बिहान ६ बजेदेखि बिहान १० बजेसम्म र बेलुका पनि ६ बजेदेखि राती १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । वैशाख १९ गते लगाइएको निषेधाज्ञामा ती सवारीसाधनलाई चौबीसै घण्टा सञ्चालनका लागि अनुमति दिइएको थियो । अब भोलि आइतबारदेखि ती सवारीसाधनमाथि पनि कडाइ गरिने प्रजिअ तिमिल्सिनाले बताए ।

त्यस्तै, बैठकले काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि नयाँ बसपार्क क्षेत्रमा होल्डिङ सेन्टर बनाउन जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । एम्बुलेन्स, शव वाहनलगायत अन्य कुनै पनि सवारी साधनहरूले तोकिएको भन्दा बढी भाडा असुली गरिएको पाइएमा कडा कारबाही गर्ने निर्णय गरिने समेत निर्णय गरेको छ । झापामा वैशाख ३१ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...