कोरोनाको नयाँ भेरियन्ट सहितको दोस्रो लहर रोक्न सरकार असफलः कुमार लिङ्देन ‘मिराक’

,   लिम्बुवान न्युज
                       

दमक, वैशााख २५। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले कोरोनाको नयाँ भेरिएन्ट सहितको दोस्रो लहर रोक्न सरकार असफल भएको बताएका छन् । कोरोना भ्याक्सिन र अक्सिजन आपूर्तिमा अर्बौ भ्रष्टचार भईरहेको र दैनिक ५५ जना भन्दा बढीको मृत्यु भइरहेको अवस्थामा सरकार सम्वेदनशिल नभएको भनी बिरोध, भत्र्सना एवं आपत्ती जनाएको छ ।

शनिबार अध्यक्ष लिङ्देनले एक विज्ञप्ति प्रकाशित गर्दै भने —कोरोना चानचुने रोग नभएको भन्दै कोरोनाले विश्वलाई कायल बनाएर छाड्ने भएको हुँदा अन्य मुलुकको भर पर्नुपर्ने हाम्रो देशलाई बचाउन केन्द्र देखि प्रदेश, जिल्ला र वार्डसम्म नै सर्वदलीय वा सर्वपक्षीय समिति गठन गरेर अगाडि बढ्न अनुरोध छ ।

अध्यक्ष लिङदेनले हाम्रो जस्तो गरिब मुलुकमा आर्थिक अवस्था ध्वस्त हुने भएको हुँदा देश, जनता र यहाँको अर्थतन्त्र जोगाउन महत्वपूर्ण निर्णय लिनु पर्व सर्बपक्षीय समितिहरु निर्माण गर्न प्रधानमन्त्री समक्ष अग्रह गरेका छन् । कानमा तेल हालेर बसेका प्रधानमन्त्रीलाई भ्रष्टचार, संसद विगठन, बालुवाटार देखि रामयात्रा स्वास्थ्य पूर्वाधार त्यसैगरी राष्ट्रिय गौरवको आयोजनामा अर्बौ रुपैयाँ चुहावट भएको प्रति विज्ञप्ति मार्फत सजग गराएका छन् । त्यसैगरी डिपिआर सम्म नभएका एक सयभन्दा धेरै सडकको शिलान्यास, निर्माण नसकिदै धरहरा उदघाटन जस्ता कार्यमा प्रधानमन्त्रीले समय खेर फाल्नुभएको प्रति मञ्चले आपत्ती जनाएको छ ।

कोरानाका कारण भ्याक्सिन, अक्सिजन र बेडको अभाव खेपेर मृत्युबरण जनताहरु माथि सरकारले उचित व्यवस्थापन र उपचार गर्न नसकेकोमा मञ्चले नेपालको इतिहासमा कम्यूनिस्ट सरकार असक्ष, निरंकुशता, सत्तालोलुपता, भ्रष्टचारी भएको आरोप लगाएको छ । नेपाली जनताहरु अस्पतालमा अक्सिजन नपाएर छट्पटीरहेको तर सरकार लाचार बनेर बसेको विज्ञप्तिमा लेखेका छन् ।

भ्याक्सिन, अक्सिजन र स्वास्थ सामाग्रीमा कमिसन खाने ओली सरकार त्यसैगरी नेपालको भ्रस्ट कर्मचारी तन्त्र एक सेकेन्ड पनि सत्तामा र आ आफ्नो पदमा बस्न लायक नभएको भन्दै ओली सरकारको राजीनामाको माग गरेको छ ।

विज्ञप्तिमा अर्को प्रसङ्ग उल्लेख गर्दै ओली सरकारलाई बिस्थापित गरि सर्बदलीय तथा सर्बपक्षिय सरकार गठन गरि थारु÷आदिबासी÷दलित÷खसलाई संसदमा पुग्न नदिनको लागि खडा गरिएको थ्रेसहोल्ड तुरुन्त खारेज गर्न माग गरेको छन् । थ्रेसहोल्डले यो देशमा राजनैतिक अस्थिरता ल्याउने, भ्रस्टाचार गर्ने, देशलाई बन्धक राखेर बिदेशी बैंकहरुबाट अरबौ ऋण ल्याएर विकाश गरेको नाटक गरेर देशलाई १५ पुस्ता सम्म उठ्न नसक्ने गरि बिदेशी ऋणमा डुबाउने, रास्ट्रवादको खोल ओढेर बिदेशी शक्ति सामु निथ्रुक्क हुनेगरी झुक्ने, कर्मचारीतन्त्रको नाममा देशको ६५% बजेट झ्वाम बनाउने काम वर्तमान सरकारले गरिरहेको उल्लेख गरेको छ ।

अध्यक्ष लिङदेनले आदिवासी, थारु, मधेशी, मुश्लिम, दलित, खस समुदायलाई संसदमा पुग्नबाट रोक्ने कथित ३% थ्रेसहोल्ड तुरुन्त खारेज गर्न माग गरेका छन् । यस्तैगरी उनले बहुसंख्याक समुदायले एक जातिको छट्टु नाँङ्गो नाँच टुलुटुल हेरेर अब नबस्ने बरु चाडै सामुदायिक बिद्रोह हुनसक्ने सम्भावना बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;