प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का

 लिम्बुवान न्युज
                       

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आशा गरेका जनता समाजवादी पार्टी (जसपा)बाट विश्वासको नपाउने पक्का भएको छ । आज जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत नदिने बताएका छन् ।

जसपा नेता ठाकुर र महतोले अहिलेसम्म हाम्रो माग पुरा भएका छैनन् हामी तपाईलाई विश्वासको मत दिन सक्दैनौं भनेका छन् । जवाफमा प्रधानमन्त्री ओलीले अदालतबाट अनुमति लिनुपर्ने भएकाले समय लागेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि सोमबार विशेष अधिवेशन बोलाएका छन् । प्रधानमन्त्री ओलीको दल एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको ६१ सांसद जना, नेकपा माओवादी केन्द्रसँग ४९ र जसपासँग ३२ संसद छन् । नेकपा माओवादीले सरकारको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मतदिने अवस्था छैन ।

जसपाको बाबुराम–उपेन्द्र पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताइसकेका छन् । यस्तैगरी महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले पनि हालको अवस्थामा मत नदिने बताएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का भएको हो ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...