रेशम चौधरीले लेखेका Hidden Story From Prison पुस्तक सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाठौं, वैशाख २६। काठमाडौंको डिल्लीबजार स्थित जेलमा आजीवन कैद सजाय भोगिरहेका रेशम चौधरीले लेखेका Hidden Story From Prison अंग्रेजी भाषाको पुस्तक सार्वजनिक गरिएको छ । कोरोनाका कारण छपाईमा ढिलाइ एवम् विविध समस्याका बाबजुद आज छोरा आभुषण चौधरी र उनका धर्मपत्नी रन्जिता श्रेष्ठ चौधरीले सार्बजनिक गर्नुभएको हो ।

थारुहट आन्दोलन, टिकापुर घटना, प्रतिनिधिसभाको चुनावमा विजयी हुनु र थारु नेताहरु जेल बन्दीको अवस्था बारे यस पुस्तकमा समेटिएको छ । यस किताब मार्फत कैलालीको टिकापुर घटनालाई विश्वमाझ सत्यतथ्य सन्देश पु¥याउने लक्ष्यका साथ अङ्ग्रेजी भाषामा पुस्तक लेखिएको हो । पुस्तकलाई नेपाल स्थित सबै राजदुत र बिश्वमा छरिएका नेपालीहरु मार्फत बिश्वको सबै देशको सरकारलाइ दिने तयारी भईरहेको बताइएको छ ।

यो किताबको माध्यमबाट थारुहट आन्दोलन र नेपालको पहिचान आन्दोलनलाई अन्तराष्ट्रियकरण गरेर लैजान साथै यहाँको मनुबादी शासकहरुको मुखुन्डो उदाङ्गो पार्ने जनाइएको छ । आजीवन कारावास सजाय भोगिरहेका चौधरी विश्वकै आइकन लिडर नेल्सन मण्डेला पथमा उभिन्नु भएकोमा वहाँको कृतिलाई संसारभर पु¥याउनलाई विभिन्न प्रवासहरुबाट साथसहयोग प्राप्त भएको जनाइएको छ ।

पुस्तक सार्वजनिक गर्दै लेखककी धर्मपत्नी रन्जिताले कोरोनाका कारण पत्रकारहरु माझ पुस्तकलाई सार्वजनिक गर्न नसकेको बताइन् । उनले भनिन्— “पुस्तकलाई स्वयम् आफै काठमाडौं स्थित सबै विदेशी कुटनैतिक नियोगका प्रमुखहरु कहाँ पुगेर दिने र आफ्नो श्रीमान माननिय रेशम चौधरी लगायत अन्य थारु नेताहरु आजीवन काराबास बस्नु पर्ने कारण बारे विश्वलाई सोध्ने छौं ।” त्यसैगरी पुस्तक प्रकाशनको लागि देशविदेशबाट सहयोग गर्नुहुने सबै पहिचानवादी दाजुभाइ दिदीबहिनीलाईलाई धन्यवाद समेत भनेकि छन् ।

२०७२ भाद्र ७ गते कैलालीको टिकापुरमा भएको थारुहट आन्दोलनमा ३० हजार प्रदर्शनकारीहरुले माओवादी जनयुद्ध र मधेश जनविद्रोहले निर्माण गरेको मनोविज्ञानलाई जोड्दै उठेको थरुहट प्रदेश माग राख्दै गरेको आन्दोलनको क्रममा ८ जना सुरक्षाकर्मी सहित १ जना नाबालकको निधन भयो । सोही निधनलाई हत्या भनी राजनीतिक मुद्दालाइ अपराधिक करार गरेर थारु नेताहरुलाई पक्राउ गरियो ।

दुर्भाग्यवस भएको हिंसात्मक घटनाका योजनाकार भनी षडयन्त्रपूर्वक फसाइएका रेशम चौधरी वारेस मार्फत २०७४ सालको आमचुनावमा सहभागी भए । कैलाली १ नम्बर क्षेत्रबाट ३४ हजार ३४१ भोट ल्याई निकटतम् प्रतिद्वन्दीलाई २१ हजार भन्दा बढी मतान्तरले पराजित गरेका थिए । अपराधी भएको भए यति धेरै जनताले कसरी मत दिए त भन्ने अझै पनि प्रश्न उठ्ने गरेका छन् । लोकतन्त्रमा निर्वाचनलाई जनअभिमत व्यक्त गर्ने वैधानिक प्रक्रिया मानिन्छ । टिकापुर जनविद्रोह वैधानिक निर्वाचनको लोकतान्त्रिक प्रक्रियाबाट अनुमोदित भयो ।

चौधरीसहित ५८ जना थारु अगुवाहरु विरुद्ध मुद्दा हालिएको थियो । जब उनले चुनाव जितेपछि २०७५ को फागुनमा सार्वजनिक भए । उनलाई सार्वजनिक हुनु अगावै जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो र उनलाई पक्राउ गरिएको थियो । विचमा सरकारले प्रतिनिधिसभाको सफथ खुवाएर न्याय गर्न खोजे जस्तो गरेतापनि उनी जेल जिवन विताउन बाध्य छन् । उनको सुनुवाई हालसम्म भएको छैन् ।

जनता समाजवादी पार्टी लगायतका पहिचानवादी दलहरुले उनको रिहाईको माग राख्दै निरन्तर आवाजहरु उठाइरहेका छन् । आन्दाेलनहरू भइरहेका छन् तर सरकार अझै मुकदर्शक भएर बसिरहेको छ ।

 

 

 

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...