लिम्बुवानखबर। नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा आज ८ हजार ८ सय ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट ८ हजार ७ सय ७७ तथा ५ सय ६ एन्टिजेन परीक्षणबाट ७३ जना संक्रमित हुँदा परीक्षणको ४६ प्रतिशतमा कोरोना संक्रमण भएको हो ।
आज थपिएकामा काठमााडौं उपत्यकाका मात्र ४ हजार १ सय ९८ रहेका छन् । जसमा काठमाडौंका ३ हजार १ सय ६१, ललितपुरका ५३३ र भक्तपुरका ५०४ जना छन् ।
आज (आइतबार) ४ हजार २२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर घटेर ७६ दशमलव ७ प्रतिशतमा झरेको छ ।
आइतबार ५२ जनाको मृत्यु भएको छ । तर, मन्त्रालयले विभिन्न समयमा थप २६ जनाको पनि मृत्यु भएको भनी कुल मृतकमा थपेका छन् । आजसम्म कोरोनाबाट नेपालमा ३ हजार ७ सय १० जनाको मृत्यु भइसकेको छ ।
८ सय ३२ जना आइसीयूमा रहेकामध्ये २६७ भेन्टिलेटरमा छन् । हाल ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।