पत्रकार महासंघ झापाद्वारा पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सक परामर्श विषयक भर्चुअल कार्यक्रमको आयोजना

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, वैशाख २६। कोरोनाबाट बच्न र बचाउन ‘पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको परामर्श’ विषयक भर्चुअल अन्तर संवाद कार्यक्रम नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा आज सम्पन्न भएको छ ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासंघ १ नं. प्रदेशका अध्यक्ष लीलावल्लव घिमिरेको प्रमुख आतिथ्य रहेको अन्तरसंवादमा विशेषज्ञ चिकित्सक डा. गोविन्द कँडेलले परामर्शका साथै पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।

कोरोना भाइरसबाट संक्रमित भई हाल आइसोलेसनमा बसेका, यसअघि संक्रमित भई स्वास्थ्यलाभ गरेकासहित देश–विदेशबाट कार्यक्रममा पत्रकारहरुले सहभागिता जनाएका थिए ।

भरतपुर अस्पताल चितवनका वरिष्ठ कन्सलटेन्ट जनरल फिजिसियन डा. कँडेलले संक्रमित पत्रकारले आइसोलेसनमा बस्दा गर्नुपर्ने कार्य तथा अन्य पत्रकारले रिपोर्टिङमा जाँदा, घर आउँदा र अन्य समयमा अपनाउनु पर्ने सावधानी लगायतका विषयमा परामर्श दिएका थिए ।

‘अर्को रोग हो भन्ने पत्ता नलागेसम्म हरेक रुघाखोकी, ज्वरो, शरीरको दुखाई कोभिड हो’– डा. कँडेलले भने– ‘यस्तो लक्षण देखिएमा तत्काल पीसीआर परीक्षण गर्नुहोस्, त्यसबाट कोभिड हो–होइन थहा भएपछि आफू, आफ्नो परिवार र समाजलाई बचाउन सकिन्छ ।’

कोरोनाको दोस्रो भेरियन्ट बढी संक्रामक भएको भन्दै डाक्टर कँडेलले घर बाहिर निस्कदा कोही साथीभाइ भेट भई हालेसंगै बसेर चिया नास्ता नखान सुझाए । खाने वहानामा मास्क खोल्ने र खाने चलन रहेको जसले गर्दा संक्रमण सजिलै फैलने भन्दै डा. कडेलले घर बाहिर निस्कदा चिया नास्ता खाने बानी हटाउन सुझाए । कुनै लक्षण देखिए वा शंका लागे तत्काल पीसीआर परीक्षण गर्न सुझाएका डा. कँडेलले संक्रमितहरुलाई मनोबल उच्च राख्न, शारीरिक व्यायाम, अध्ययन लगायतका कार्यबाट आफूलाई व्यस्त राख्न र रुची हुने, पचाउन सकिने सबै खाले खानेकुरा खान सकिने सल्लाह दिए । पहिलो पीसीआर गरेको १४ दिन पछि पनि रिपोर्ट पोजेटिभ आए डराउनु नपर्ने, सामान्य दैनिकीमा फर्कन सकिने उनले बताए । १४ दिन बितेपछि पीसीआर गर्न नपर्ने, त्यो व्यक्तिले संक्रमण सार्न नसक्ने डा. कडेलको भनाइ छ । तर कोरोना खोप लगाएको व्यक्ति आफू सुरक्षित भए पनि उसले अरुलाई भाइरस सार्ने संभावना चाहि हुने भएकाले व्यक्ति व्यक्ति वीचको भौतिक दुरी महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि महासंघ १ नं. प्रदेशका घिमिरेले महामारीको समयमा महासंघको तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै झापा शाखाले गरेको कामको प्रशंसा गरे । अन्तरसंवादमा हाल होम आइसोलेसनमा रहेका पत्रकारहरु भीमा शिवाकोटी, पुष्प बराल, राजु अधिकारी, वीरबहादुर दर्नाल, गौरव पोखरेलले आफ्ना भोगाइ, परेको समस्यासहित जिज्ञासा राखेका थिए ।

त्यस्तै पत्रकारहरु राजेन्द्र गौतम, अनिल वाग्ले, आत्माराम राजवंशी, जीआर धिताल, धर्मेन्द्र मामा, लक्ष्मी उप्रेती, उमानाथ भण्डारी तथा पुनम प्रधान, कमल न्यौपाने, सुमन सिंह पौडेल लगायतले पनि जिज्ञासा राखेका थिए ।

उपाध्यक्ष केशव भट्टराईले स्वागत र अर्का उपाध्यक्ष सुशीला संग्रौलाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

कार्यक्रममा महासंघ १ नं. प्रदेशकी उपाध्यक्ष हिमा चेम्जोङ, महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम, खोटाङका अध्यक्ष दिलीप दाहाल, युएई शाखाका सहसचिव रामप्रसाद ढुंगेल, महासंघ प्रदेश समिति सदस्य लीलाराज झापाली, फोनिज १ नं. प्रदेशका इञ्चार्ज दिपीन राई, प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष कमन देवान, फोनिज झापाका पूर्व अध्यक्ष गणेशमान मुखिया, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाई, संघीय पत्रकार मञ्च नेपालका संयोजक दिलकुमार लावती, नारी सञ्चारगृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल, शिक्षा पत्रकार समूह प्रदेश नं. १ की संयोजक राधा खनालसहित इलाम, पाँचथर, ताप्लेजुङ, ओखलढुंगा लगायतका जिल्लाबाट समेत कार्यक्रममा सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...