आज संसदमा विश्वासको मतका लागि मतदान हुँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २७ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशन बैठक आज दिउँसो १ बजे बस्दै छ ।

बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने छन् त्यसपछि प्रधानमन्त्री ओलीले मन्तव्य सहित विश्वासको मत माग्नेछन् । त्यस उपर छलफल हुनेछ । दलीय आधारमा सांसदहरुले आफ्नो मत राख्नेछन् । अनि प्रधानमन्त्रीले छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।

प्रधानमन्त्रीः केपी शर्मा ओली

यस पश्चात विश्वासको मतको प्रस्ताव उपर निर्णय प्रक्रिया अघि बढ्नेछ । यो प्रस्ताव मतदान मार्फत टुंगो लाग्नेछ । सांसदहरुले आफ्नो हस्ताक्षर सहित मतदानमा सहभागी हुनेछन् । संसद सचिवालयको रजिष्टरमा तीनवटा कोलम हुन्छ, हुन्न र मत दिन्न लेखिएको मध्ये एउटा कोलममा सांसदहरुले हस्ताक्षर गर्नेछन् । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था मिलाइएको संसद सचिवालय जनाएको छ ।

अहिलेको दलहरुको गठबन्धनलाई हेर्ने हो भने प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सम्भावना अत्यन्तै न्यून रहेको आकलन गरिएको छ । हाल प्रधानमन्त्री ओलीको दल नेकपा एमालेमा १२१ सांसद छन् । प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

६१ सांसद भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस र ४९ सांसद भएको माओवादी केन्द्रले प्रधानमन्त्रीलाई मत नदिने निर्णय यस अघि नै भनिसकेको छ । संसदको निर्णायक मत भएको जनता समाजवादी पार्टी (जसपा)को ३२ सांसद छन् । तर, जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताई सकेका छन् । महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष तठस्थ बस्ने सांसदलाई ह्वीप जारी नगरेर स्वतन्त्र छाडिदिएको छ ।

नेकपा (एमाले)ले सांसदलाई ह्वीप जारी गर्दै विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । तथापि एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्षले मत दिने या फ्लोर क्रस गर्ने हुने निर्णय आउन सकेको छैन । तर, माधव–झलनाथ पक्षकासबैले ओलीलाई मत दिए पनि सरकार टिकाउन थप १५ मत अपुग हुने आंकलन गरिएको छ ।

संसदमा नेमकिपा, जनमोर्चा, राप्रपा र स्वतन्त्र १÷१ जना सांसद छन् । राप्रपाले यस अघि नै प्रधानमन्त्रीलाई मत दिने वताइसकेको छ । यस हिसाबले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने संकेत देखिएको छ ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...