लाइफलाइनमा भेन्टिलेटरसहित ३० बेडको कोभिड वार्ड सुचारु

 लिम्बुवान न्युज
                       

दमक/दमकस्थित लाईफलाइन अस्पतालले आईसियू तथा भेन्टिलेटर सहितको ३० बेड क्षमताको छुट्टै कोभिड वार्ड शुरु गरेको छ । अस्पतालको ४ तले भवनलाई कोभिड वार्डको रुपमा सञ्चालनमा ल्याइएको हो ।

आईतवार दमक नगर प्रमुख रोमनाथ ओलीले कोभिड वार्डको उद्घाटन गरेका छन् । उनले प्रदेश तथा ंसंघीय सरकारसंग समन्वय गरेर आवश्यक सहयोग जुटाउन प्रयत्न गरिने पनि बताए । अस्पतालका मेडिकल डाइरेक्टर डा.सुर्यनारायण शाहले विशेषज्ञ सेवा सहित कोभिडका विरामीहरुको उपचारका लागि कोभिड वार्ड सञ्चालनमा ल्याइएको बताए ।

अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले बेड क्षमता अनुसार कोभिडका विरामीहरुलाई भर्ना लिईने बताए । अस्पतालमा आउने जो कोही बिरामीलाई बिना भेदभाव उपचारको व्यवस्था मिलाइनेछ, यो विपतको घडीमा हाम्रो तर्फबाट गर्नुपर्ने सबै प्रयत्नहरु हामी गर्नेछौं– अध्यक्ष डा. भट्टराईले भने ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...