
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
लिम्बुवानखबर, २७ वैशाख। आगामी जेष्ठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेष्ठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
कोभिड–१९को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले यही अवस्थामा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि दुवै परीक्षा स्थगन गरिएको परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।
परीक्षा अब कहिले हुन्छ भन्ने बारेमा पुनःछलफल गरी अर्को सूचना प्रकाशन गरी जानकारी गराइने उनले बताए । कोरोना महामारीबीचमा एसइईका लागि देशभरका दुई हजार १९ परीक्षा केन्द्रमा परीक्षा दिने तयारीमा रहेका पाँच लाख १७ हजार विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सक्ने अवस्था नरहेको बैठकले निष्कर्ष निकालेको बताइएको छ ।
बोर्डका अनुसार बैठकले एसइई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारेमा अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालका संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । सो कार्यदलले समग्र अवस्थाको अध्ययन गरी कोरोनाको सङ्क्रमण कायमै रहेर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभए के कसरी परीक्षा सञ्चालन गर्ने भन्नेबारेमा ढाँचा तयार गर्ने बताइएको छ ।
गत वर्ष पनि कोरोना भाइरसको महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष अब कसरी हुन्छ भन्ने निर्णय हुन बाँकी छ । यस वर्षको एसइई परीक्षाका लागि आवश्यक प्रश्नपत्र छपाइको काम सम्पन्न भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
त्यस्तै कक्षा १२ को परीक्षा पनि कहिले हुन्छ भन्ने निर्णय हुन बाँकी छ । कक्षा १२ मा करिब चार लाख परीक्षार्थीको सहभागिता हुने छ । बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाका लागि अनलाइनबाट प्रश्नपत्र पठाउने तयारी गरेको थियो । गत वर्ष पनि कोरोना महामारीबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...