आज एकैदिन कोरोनाबाट १३९ को मृत्यु, आज थपिए ९२७१ संक्रमित

 लिम्बुवान न्युज
                       

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो ।

आज कोरोना भाइरस नयाँ ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४००७ जनाले कोरोना जितेका छन् । आजसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेको जनाएको छ । तीमध्ये ६७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८१५, प्रदेश २ मा ५५३, वागमती प्रदेशमा ४ हजार ५२०, गण्डकीमा ७७३, लुम्बिनीमा १ हजार ५५७, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८५३ जना कोरोना संक्रमित थपिएका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...