लोकेनको निर्देशनमा बनेको ‘साक्थिम’ पालामको भिडियो सार्वजनिक
मङ्गलबार, २८ बैशाख, २०७८ दिउँसोको ०३:०१ बजे,
लिम्बुवान न्युज
दमक। व्यस्त र भिडियो निर्माणमा अब्बल निर्देशक लोकेन साँवा लिम्बूको निर्देशनमा निर्माण गरिएको नयाँ लिम्बु पालाम ‘साक्थिम’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
निर्देशक साँवाकै शब्दसंकलनमा अहिलेका चर्चित पालाम गायक सुमन लिम्बूको लय संकलन रहेको पालाम ‘साक्थिम’ सेवालुङ युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
अशोक लोहरुङ राईको संगीत संयोजन रहेको पालाममा सुमन लिम्बू, निरन्ता नेम्बाङ, दिवस पयाँगू, दीपा सुहाङ, भीमसागर मादेम्बा, रोजिना थेगिम, शम्भू फोम्बो, सिर्जना जबेगुले आवाज भरेका छन् ।
केःसाङ्ला प्रदर्शन समिति, काठमाडौंले निर्माण संयोजन गरेको भिडियोमा भीम तुम्बाहाम्फे, बिमला खजुम, सलमान थलङ, मन्जु आङ्देम्बे, मोहन थेबे, सनम पयाँगू, मनु थक्लुङ लिम्बू, पूर्ण सेत्लिङ, सुक्मिता केरुङ, शम्सेर तुम्बाहाम्फे, सनी बेघा, शारदा राई, प्रज्ञा इजम, निर्मल लिवाङ, रुथ लिम्बू लगायतको अभिनय हेर्न सकिन्छ ।
अरुण बरुण न्यौपाने र लोकेनकै छायाँकन तथा विकाश दाहालको सम्पादन रहेको भिडियोमा बिमला तामाङको मेकअप रहेको छ ।
दमक,झापा / झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...
दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...
दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...
ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...