१ नं. प्रदेशमा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

,   लिम्बुवान न्युज
                       

विराटनगर। १ नं. प्रदेशमा कोरोना भाइरसको दोश्रो लहर सुरु भएयता १०६ जना संक्रमितले ज्यान गुमाएका छन् । गएको वैशाख १ यताबाट विभिन्न कोभिड अस्पताल एवम् होम आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो एक सातायता प्रदेशमा दैनिक ८ जना संक्रमितले ज्यान गुमाउँदै आएको जनाएको छ । कोभिड अस्पतालहरूका अनुसार पनि वैशाख महिनाको अन्तिम साता मृत्युदर अत्याधिक बढेको जनाएको छ । मन्त्रालयको अभिलेख अनुसार सोमबार मात्रै एकैदिन ११ जना संक्रमितको विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको छ ।

आज मात्रमात्रै प्रदेश १ का विभिन्न अस्पतालहरुमा थप १२ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएपछि बैशाख ३ मा पहिलो एक जनाको मृत्यु भएको थियो । त्यसयता बैशाख २१ देखि दैनिक मृत्युदर ८ जना रहेको जनाएको छ ।

१ नं. प्रदेशमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने ५७७ रहेको छ । जसमध्ये यस प्रदेशमै स्थायी ठेगाना भएका मृतकको संख्या ५२९ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;