१ नं. प्रदेशमा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

 लिम्बुवान न्युज
                       

विराटनगर। १ नं. प्रदेशमा कोरोना भाइरसको दोश्रो लहर सुरु भएयता १०६ जना संक्रमितले ज्यान गुमाएका छन् । गएको वैशाख १ यताबाट विभिन्न कोभिड अस्पताल एवम् होम आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो एक सातायता प्रदेशमा दैनिक ८ जना संक्रमितले ज्यान गुमाउँदै आएको जनाएको छ । कोभिड अस्पतालहरूका अनुसार पनि वैशाख महिनाको अन्तिम साता मृत्युदर अत्याधिक बढेको जनाएको छ । मन्त्रालयको अभिलेख अनुसार सोमबार मात्रै एकैदिन ११ जना संक्रमितको विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको छ ।

आज मात्रमात्रै प्रदेश १ का विभिन्न अस्पतालहरुमा थप १२ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएपछि बैशाख ३ मा पहिलो एक जनाको मृत्यु भएको थियो । त्यसयता बैशाख २१ देखि दैनिक मृत्युदर ८ जना रहेको जनाएको छ ।

१ नं. प्रदेशमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने ५७७ रहेको छ । जसमध्ये यस प्रदेशमै स्थायी ठेगाना भएका मृतकको संख्या ५२९ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...