काठमाडौं । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ ।
नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं आइपुगेको हो ।
जहाजमा चार पाइलटसहित चालक दलका १४ सदस्य रहेका छन् । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत पौडेलले जनाएका छन् ।
चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डर दिने बताएको थियो । सो मध्ये ४ सय वटा आज आइपुगेको हो ।