नयाँ सरकार गठनको समयसिमा सकिदै, दलहरु बिच अझै मिलेन कुरा

 लिम्बुवान न्युज
                       

दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भएसँगै पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भए लगत्तै नयाँ सत्ता समीकरणको कसरतमा दलहरु लागेका छन् । सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र, जसपा उपेन्द्र–बाबुराम खेमा र नेकपा एमालेको खनाल–नेपाल समूहसँग पनि छलफल गरिरहेका छन् ।

नयाँ सरकार गठन गर्न कांग्रेस र माओवादी केन्द्रले सम्भव नभएपछि जनता समाजवादी पार्टी (जसपा) निर्णयक बन्न पुगेको छ । तर जसपा भित्रको आन्तरिक किचलोले नयाँ सरकार गठनमा अवरोध पुगेको छ । नयाँ सरकार गठन गर्न कम्तिमा संसद संख्या १३६ पुग्न पर्ने हुन्छ । हाल कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ मात्र रहेको छ । यस्तो अवस्थामा नयाँ सरकार गठन गर्न निर्णायक संख्या जसपाको रहेको छ । तर जसपाका महन्थ र राजेन्द्र खेमाले कुनै पनि हालतमा साथ नदिने जनाइसकेको अवस्थामा नयाँ सरकार बन्ने सम्भावना न्यून बन्दै गईरहेको विश्लेषकहरुको तर्कछ ।

जसपाका अध्यक्ष महन्थ खेमाहरुले ओली पक्षलाई साथ दिने भनी तठस्थ बस्दा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्न मुस्किल देखिएको हाे । यता राष्ट्रपतिद्वारा दिईएको ३ दिनको समय भोलि सकिदैछ । यसकाे विकल्प भनेको महन्थको टिमलाई मिलाएर लान सक्नु पर्ने हुन्छ नत्र अर्को विकल्प भनेको माधव–झलनाथको भूमिका विपक्षी गठबन्धनलाई फाइदा पुग्ने गरिको हुनु जरुरी छ । जसपा एकजुट नभएसम्म नयाँ सरकार बन्ने अवस्था छैन यद्यपी माधव–झलनाथको टिमले सामूहिक राजीनामा दिएको अवस्थामा भने कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने अंकगणित देखिन्छ ।

जसपा भित्रको विवाद उत्कर्षमा पुगेको यो बेला कांग्रेस, माओवादी र माधव–झलनाथ खेमाले सहि राजनीतिक निर्णय लिन नसकेमा “हात्ती आयो हात्ती आयो फुस्स” भन्ने उखान चरितार्थ हुनेछ । दलहरु बिच एक अर्का प्रति बफादार भई भागबण्डा मिलाएर भएपनि वा जसपाका महन्थ–राजेन्द्र खेमाको मागलाई सम्बोधन गरेर नयाँ सरकार गठनमा लागेमा मात्र कांग्रेसको नेतृत्वमा बहुमत सरकार बनाउन सहज देखिन्छ ।

३ वटा दलहरु बिचको आपसी सहमतिलाई कार्यन्वयन गरेमामात्र नयाँ सरकार देख्न पाइने अवस्था सिर्जना भएको हुँदा यदि यसो नभए ठूला दलको हैसियतले राष्ट्रपतिद्वारा पुनः नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई नै संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्ने छिन् ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;