निम्बसले दियाे पत्रकार महासंघलाई १० हजार थान माक्स

 लिम्बुवान न्युज
                       

काठमाडौं । निम्बस नेपालले अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको छ । आज एक कार्यक्रमका बिच निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगरियाले महासंघको कार्यालयमा उपस्थिति भई उक्त मास्क महासंघका अध्यक्ष विपुल पोख्रेललाई हस्तान्तरण गरेका छन् ।

कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरियाले अहिलेको कठिन अवस्थामा पत्रकारहरुले अग्रभागमा खटिएर काम गर्नुपर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सानो सहयोग गरिएको बताए । उहाँले आवश्यकता अनुसार आउदा दिनमा थप सहयोग गर्ने समेत बताएका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपल पोख्रेलले निम्बस नेपाललाई मास्क उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् । उहाँले महासंघमा देशभरीबाट १३ हजार भन्दा धेरै पत्रकार आवद्ध रहेको बताउदै पत्रकारहरुले कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि महासंघसंग सहयोग मागिरहेको बताए । महासंघले आउँदा दिनमा थप सहयोगको अपेक्षा राखेको अध्यक्ष पोख्रेलले धारणा राखेका थिए ।

महासचिव रोशन पुरीले मास्क उपलब्ध गराएको निम्बसलाई धन्यवाद व्यक्त गर्दै कोरोना संक्रमण उच्च रहेका प्रदेशमा क्रियाशिल पत्रकारलाई थप स्वास्थ्य सामाग्रीको सहयोग गर्न आग्रह गरे । उहाँले महासंघलाई प्राप्त मास्क तथा स्वास्थ्य सामाग्रीहरु प्राथमिकताका आधारमा महासंघको प्रदेश समितिमार्फ सञ्चारगृहलाई उपलब्ध गराइने बताए ।

निम्बसले महासंघका प्रदेश समिति मार्फत जिल्ला जिल्लामा पत्रकारलाई मास्क उपलब्ध गराउने जनाएको छ । निम्बस नेपालले हालको परिस्थितिलाई मध्यनजर गर्दै अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंतिमा रहेर काम गर्नेहरु, स्वयसेवक, स्वास्थ्यकर्मी तथा सरकारी निकायलाई प्राथमिकतामा राखेर कम्पनिले उत्पादन गरेको प्रो–टेक्ट को मास्क र स्यानिटाइजर बाड्ने तयारी गरेको विज्ञप्ति मार्फत जनाएको छ । उक्त सेवाका लागि निम्बस नेपालको अनलाइनमा विवरण उपलब्ध गराउन समेत सम्बन्धितमा आग्रह गरेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...