दमक/झापामा गत २४ घण्टाको अवधिमा ९ जनाको मृत्यु भएको छ । दूईजना झापा बाहिरका रहेकाछन् । दमकस्थित कोभिड उपचार केन्द्रमा १ जना मोरङकी महिला र आम्दा अस्पतालमा अर्को एकजना रुपेन्देहिका कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार आज कोरोना संक्रमणबाट झापामा ७ जनाको मृत्यु भएको छ । यसमा दमकको समावेश छैन । मेचीनगरमा २ जना, भद्रपुरमा ३ जना, कचनकवल र बिर्तामोडमा १÷१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा झापामा ३७१ जना कोरोना संक्रमित थपिएका छन् । यो जिल्लामा एकैदिन धेरै संक्रमित देखिएको पहिलो हो । परिक्षण गरिएकाहरु मध्ये करिब ५० प्रतिशतभन्दा बढिमा संक्रमण देखिएको जनाईएको छ ।