झापामा पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु, दमकमा २ जना

 लिम्बुवान न्युज
                       

दमक/झापामा गत २४ घण्टाको अवधिमा ९ जनाको मृत्यु भएको छ । दूईजना झापा बाहिरका रहेकाछन् । दमकस्थित कोभिड उपचार केन्द्रमा १ जना मोरङकी महिला र आम्दा अस्पतालमा अर्को एकजना रुपेन्देहिका कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार आज कोरोना संक्रमणबाट झापामा ७ जनाको मृत्यु भएको छ । यसमा दमकको समावेश छैन । मेचीनगरमा २ जना, भद्रपुरमा ३ जना, कचनकवल र बिर्तामोडमा १÷१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा झापामा ३७१ जना कोरोना संक्रमित थपिएका छन् । यो जिल्लामा एकैदिन धेरै संक्रमित देखिएको पहिलो हो । परिक्षण गरिएकाहरु मध्ये करिब ५० प्रतिशतभन्दा बढिमा संक्रमण देखिएको जनाईएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...