कोरोना संक्रमित पत्रकारलाई घर–घरमा पोशिलो खाना र औषधी पुर्‍याउँदै, झापामा २६ पत्रकार संक्रमित

 लिम्बुवान न्युज
                       

झापा। कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि पोशिलो खानेकुरा, औषधि घर–घरमा पुर्याइएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारका लागि मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो खानेकुराको प्याकेज घर–घरमा पु¥याएको हो ।

त्यसक्रममा महासंघको टोलीले पत्रकारहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने जनाएको छ । यसैवीच पत्रकार महासंघ प्रदेश नं. १को पहल तथा झापा शाखाको समन्वयमा बुधवार मेची अञ्चल आयुर्वेद औषधालय (अस्पताल) इलामको टोलीले संक्रमित १० पत्रकारको घरमा आयुर्वेद औषधि वितरण गर्नुका साथै श्वासप्रश्वासमा लाभ पुग्ने विभिन्न योग विधि समेत सिकाएको छ ।

अस्पतालका वरिष्ठ कविराज निरीक्षक तीर्थराज आचार्य नेतृत्वको टोलीले औषधि वितरण र योग विधि सिकाएको हो । स्वास्थ्य कार्यालय इलामको सहयोगमा उक्त औषधि वितरण गरिएको थियो । टोलीले अश्वगन्धा चुर्ण, गुडुची चुर्ण, जेठी मधु, त्रिकटु लगायतका औषधि वितरण गरेको थियो । त्यसक्रममा संक्रमित पत्रकार र पत्रकारका परिवारलाई भस्त्रीका प्राणायम्, कपालभाती प्राणायम्, अनुलोम–विलोम प्राणायम्, उज्जयी प्राणायम्, हस्त पदासन, ताडकासन लगायतका विधि सिकाइएको थियो । पत्रकारहरु नरेन्द्र ढकाल, भीमा शिवाकोटी, गोपाल काफ्ले, पारस तिम्सिना, पुष्प बराल, दीपेन्द्र पौडेल, राजु अधिकारी, सन्तोष आचार्य, पर्वत पोर्तेल, बिगम श्रेष्ठको निवासमै पुगेर उक्त सेवा प्रदान गरिएको हो ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा रहेको टोलीमा महासंघ प्रदेश नं. १का तर्फबाट सदस्य तोया भट्टराई, प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेली, महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, सदस्य रञ्जित परियार, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय झापाका डा. अनिल यादव लगायत सहभागी थिए । इलाममा भने आयुर्वेद औषधालयले कोभिड नियन्त्रणका लागि घर–घरमा मेची आयुर्वेद भन्ने अभियान सञ्चालन गरेको छ ।

झापामा पत्रकार महासंघको पहल र समन्वयमा उक्त टोली आएको हो । आयुर्वेद अस्पताल इलामका वरिष्ठ कविराज निरीक्षक आचार्यले महामारीको बेला यस्तो अभियान देशभरि चलाउन आवश्यक रहेको बताए । हालसम्म झापाका २६ पत्रकार कोरोनाबाट संक्रमित भएका छन् । एकको निधन भएको छ भने हाल १३ जना होम आइसोलेसनमा छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...