भारी बर्षाका कारण गजुरमुखी–इभाङ–चतुरे सडक अवरुद्ध

 लिम्बुवान न्युज
                       

इलाम। भारी वर्षासँगै बुधबार दिउँसो झरेको पहिरोले माङसेबुङ गाउँपालिकाको गजुरमुखी–इभाङ–चतुरे सडक खण्ड अवरुद्ध बनेको छ । माङसेबुङ गाउँपालिकाको गजुरमुखीधाम हुँदै गाउँपालिका कार्यालय त्यसैगरी चतुरेबजार जाने सडक अवरुद्ध बनेको हो ।

यो सडक खण्डको वडा नम्बर २ को बिकौरेडाँडा र तामाखोलाको भिरमा दुई ठाउँ पहिरो झरेको छ । त्यस नजिकै पहिरो पन्छाउने मेसिन नभएको र मानिसले पन्छाउन सक्ने अवस्था नरहेको स्थानीयको भनाई छ । पहिरोका कारण माङसेबुङ गाउँपालिकाको ४ वटा वडा गाउँपालिकासँग सम्बन्धि विच्छेद भएको छ । वडा नम्बर ३, ४, ५ र ६ वडा गाउँपालिकासँग सम्बन्ध विच्छेद भएको हो ।

वैकल्पिक मार्ग समेत नभएका कारण ती वडाका सेवाग्राहीहरु समस्यामा परेका छन् । माङसेबुङ २ र ३ को सीमानामा पर्ने तामाखोलासम्म सवारी साधन आएपनि त्यहाँबाट पैदल हिँड्नुपर्ने अवस्था आएको छ ।

सो सडक कालोपत्रे हुँदै गरेको सडक हो । कालोपत्रे ठेकेदार कम्पनी कालिका जेभीले काममा ढिलासुस्ती गरेको छ । सडकमा पहिरो झरेपनि पन्छाउन तदारुपता नदेखाएको स्थानीयले गुनासो गरे ।

एक सातादेखिको लगातारको वर्षाका कारण माङसेबुङका अन्य धेरै सडकहरु पहिरोले पुरिएका छन् । कतिपय भत्केका छन् भने कतिपय खाल्डाखुल्डीका कारण अवरुद्ध भएको छ । बर्षाले माङसेबुङका अधिकाशं सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुदाँ स्थानीयलाई एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्न तथा अत्यावश्यक खाध्यान्न सामाग्री ढुवानी गर्न समेत समस्या सुरु भएको छ ।

(तस्वीरः नयाँ बुलन्दडटकम)

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;