जेष्ठ १ गतेदेखी झापामा कडा निषेधाज्ञा जारी

,   लिम्बुवान न्युज
                       

दमक/ झापामा कोरोना संक्रमण धेरै नै बढ्न थालेपछि झापामा कडा निषेधाज्ञा जारी भएको छ । जेठ १ गते देखि लागु हुने गरी जारी भएको निषेधाज्ञामा अत्यआवश्यकीय तोकिएको बाहेकका सबै व्यवसाय ठप्प हुनु पर्ने छ । जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ ७ गते मध्याराती १२ बजेसम्मलाई कडा निषेधाज्ञा जारी गरेको हो ।

हरियो तरकारी लगायत दुग्धजन्य सामाग्रिहरु आवश्यक मापदण्ड पालना गरेर विहान ८ बजेसम्ममा होम डेलीभरी गरिसक्नु पर्नेछ । यसका लागि स्थानीय सरकार र उद्योग बाणिज्य संघसंग समन्वय गर्न भनिएको छ । औषधि तथा स्वास्थ्यजन्य र ग्याँस बाहेकका अब सबै पसलहरु तथा ब्यापार बन्द रहनेछन् ।

सवारी साधन सञ्चालनमा सरकारी, गैह् सरकारी र नीजि सवारी साधनलाई पनि कडाई गरिने निषेधाज्ञामा उल्लेख छ । विहान कार्यालय समयभन्दा एकघण्टा अगाडि देखि दुईघण्टाभित्र र कार्यालय समापन समयमामात्र सरकारी सवारी साधन सञ्चालन गर्न आदेशमा भनिएको छ ।

अब बैक तथा बित्तिय संस्था पनि हप्तामा दूई दिनमात्र खुल्ला रहन पाउनेछन् । भिडभाड र जोखिमलाई कम गर्नका लागि एकसाताको यो निषेधाज्ञा पुर्ण रुपमा लागु गराउन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सरकोरवालाहरुलाई निर्देशन पनि दिएको जनाईएको छ ।

जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसी)को बैठकमा सहभागिहरुले अहिलेसम्मको निषेधाज्ञाको समिक्षा गर्दै यसलाई कडाई गर्नु पर्नेमा जोड दिएका थिए । जिल्लामा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएपछि सामाजिक संजाल लगायत विभिन्न माध्यमबाट लकडाउनको माग जिल्लामा भईरहेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;