एकै दिन २१४ कोरोना संक्रमितको मृत्यु

 लिम्बुवान न्युज
                       

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ । पछिल्लो केही दिनयता कोरोना संक्रमितको मृत्यु अत्यधिक बढेको छ । मंगलबार एकै दिन २२५ जना र बुधबार १६८ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा आठ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या चार लाख ३१ हजार १९१ जना पुगेको छ ।

सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २०७ पुगेको छ । तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र आठ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोेलेसनमा रहेकामध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन् ।

मन्त्रालय अनुसार कुन जिल्लामा कति संक्रमित छनः

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २७३३ रहेका छन् भने अन्य पाँचवटा जिल्ला रूपन्देहीमा ५११, ललितपुरमा ४८१, कैलालीमा ३७०, मोरङमा ३५८ र भक्तपुरमा ३४८ जना कोरोना संक्रमित थपिएका छन् ।

यसरी नै चितवनमा २९३, झापामा २५८, बाँकेमा २५२, कास्कीमा २३७, दाङमा २१७, धनुषामा २०४, कञ्चनपुरमा १८२, काभ्रेपलाञ्चोकमा १६०, सुर्खेतमा १५९, सल्यानमा १४३ र नवलपरासी पूर्वमा १२९ जना संक्रमित थपिएका छन् ।

यसरी नै १ सयभन्दा थोरै संक्रमित जिल्लाहरु पर्सामा ९९, सप्तरी र गोरखामा ९२÷९२ जना, बैतडीमा ८९, महोत्तरीमा ८५, धादिङमा ७८, सिन्धुपाल्चोक ७४, रामेछापमा ६७, रौतहटमा ६६, रोल्पामा ६३, पाल्पामा ६२ र कपिलवस्तुमा ५३ जना, अछाममा ४९, सिन्धुलीमा ४५, रूकुम पश्चिममा ४२, डडेल्धुरामा ३८, नवलपरासी पश्चिममा ३५, दैलेखमा ३४, नुवाकोट र तनहुँमा ३१÷३१ जना, अर्घाखाँचीमा २६, प्युठान र कालिकोटमा २४÷२४ तथा उदयपुर, सर्लाही र सिरहामा २३÷२३ जना, स्याङ्जामा २२, बारामा २१, ताप्लेजुङमा १८, धनकुटामा १७, जुम्लामा १४, गुल्मी र डोटीमा १३÷१३ जना, रसुवा र लमजुङमा ११÷११ जना, भोजपुरमा १०, इलाम र बागलुङमा ८÷८ जना, मकवानपुरमा ६, जाजरकोटमा ५, दार्चुलामा ४ तथा पर्वत र म्याग्दीमा ५÷५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यस्तै दोलखामा ७ र ओलखढुंगा, खोटाङ, पाँचथर,डोल्पा, हुम्ला र बझाङमा २÷२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ५५ रहेको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या तीन लाख २१ हजार ५१८ रहेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...