दमकमा आज ८८ जना कोरोना संक्रमण पुष्टि, जेष्ठ १ देखि पूर्ण लकडाउन

 लिम्बुवान न्युज
                       

दमक/झापाको दमकमा आज (बिहिबार) थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा ३४ महिला र ५४ पुरुषसहित जिल्लाका विभिन्न स्थानीय तहमा कूल २७६ जनामा संक्रमण पुष्टि भएको हो ।

यससंगै झापामा सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३० जना पुगेको उल्लेख छ । त्यसैगरी आज जिल्लामा ५ जनाको मृत्यु भएको छ । एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएका ३ जना र पीसिआर परिक्षण मार्फत संक्रमण पुष्टि भएका गौरीगञ्ज ६ का एक जना र कन्काई ७ का एक जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

दमकमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएपछि नगरपालिकाले आगामी १ जेठ (शनिबार) देखि लागू हुने गरी पूर्ण रुपमा बन्द गर्ने तयारी गरेको जनाएको छ । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिए । उनले १ गतेदेखि दमकमा कुनै पनि व्यवसाय खोल्न र हिंडडुल आदि बन्द गर्ने बताए । वित्तिय संस्थाहरु सातामा दुई दिन मात्रै खुल्ने बताए ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण दमकमा अहिले सम्म ८ जनाको मृत्यु भइसकेको छ भने ३ सय ५० बढी सक्रिय संक्रमित छन । दमकको अवस्था दिनानुदिन चिन्ताजनक भएपछि यस किसिमको कडाइँ गर्ने अवस्था सिर्जना भएको नगर उपप्रमुख गीता अधिकारीको भनाई छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...