आज मुस्लिमहरुकाे पर्व रमजान, प्रधानमन्त्रीद्वारा शुभकामना

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। आज ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आर्ज विश्वभरीका मुस्लिमहरु धुमधामसँग मनाउन जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भने पनि भनिन्छ ।

यो पर्वका लागि मुसलमानहरु एक महिनासम्म रोजा उपावास बस्ने गर्दछन् । नेपाली क्यालेण्डर अनुसार नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास मुसलमानहरु गर्ने गर्दछन् ।

दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान ब्रतको आज अन्तिम साँझ मुसलमानले चन्द्रमा हेर्न आकाश तिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन रहेको छ । नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी आज नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूबाट पनि चन्द्रमा नदेखिएकोले ‘इद’ शुक्रबार मनाउन सूचना जारी गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै ईस्लाम धर्मावलम्बीहरुको इद उल फित्तरको शुभकामना व्यक्त गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले विभिन्न धार्मिक तथा सांस्कृतिक पहिचानहरु यो देशको मौलिक पहिचान भएको भन्दै जातीय सदभाव र राष्ट्रिय एकतालाई कायम गर्दै सुखी नेपाली समृद्ध नेपाल बनाउन सबै एकजुट हुन समेत अपिल गरेका छन् । त्यसैगरी कोरोना संक्रमणका कारण मृत्यु भएका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा श्रद्धाञ्जलि व्यक्त गर्दै संक्रमितहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु – प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...