लिम्बुवानखबर। कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै ७३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण गाउँगाउँसम्म पुगेसँगै सरकारले निषेधाज्ञा जारी गरेको हो ।
गृह मन्त्रालयका अनुसार ४ वटा जिल्लाहरुमा मात्र निषेधाज्ञा गर्न बाँकी रहेको छ । तेह्रथुम, खोटाङ, मनाङ र रुकुम पूर्व अहिलेसम्म निषेधाज्ञा नभएका जिल्लाहरु हुन् । अन्य ७३ वटा जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ । बिहिबार मात्र हिमालपारिको जिल्ला मुस्ताङमा पनि निषेज्ञाधा लागू गरिएको छ । आत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सरकारले अनुरोध गरेको छ ।
पहिलाको भन्दा दोस्रो लहरको कोभिड–१९ को भेरियन्ट अलि कडा प्रकारको भएको स्वास्थ्य मन्त्रालयले जनाएसँगै मृतकको संख्यापनि दिनानु दिन थपिदै जाने क्रममा रहेको छ । जनघनत्व कम भएका पहाडी तथा हिमाली जिल्लामा समेत कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । सरकारले संक्रमणलाई थप नियन्त्रण गर्न जिल्ला अनुसार आमशिक र पूर्ण निषेधाज्ञा जारी गरेको हो ।