दमकमा सक्रिय कोरोना संक्रमित संख्या ५ सय नाघ्यो

 लिम्बुवान न्युज
                       

दमक। गएको चैत्र २५ गतेदेखि दमकमा देखिन शुरु गरेको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट सक्रिय संक्रमितको संख्या दमकमा ५ सय नाघेको छ । हाल दमक नगरमा संक्रमितको संख्या ५०२ पुगेको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार यो तथ्याङक बिहिबारसम्म परिक्षण गरिएकाहरु मध्येको हो । आज विभिन्न ल्याबमा गरिएका परिक्षणको रिपोर्ट संकलन भइनसकेको हुँदा भोली शनिबार बिहानसम्म लाग्ने जनाएको छ

आज सम्म उपलब्ध तथ्याङक अनुसार चैत्र २५ यता दमकमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ छ भने ४४ जना संक्रमित कोरोना मुक्त भएका छन । हाल दमकमा सक्रिय संक्रमितको संख्या भने ४५० छ । ति मध्ये १८२ महिला र २६८ पुरुष छन ।

त्यसैगरी दमक अस्पताल कोभिड उपचार केन्द्र बेलडाँगीमा २१ जना संक्रमितको उपचार भइरहेको छ । दमकमा कोभिड उपचार सेवा शुरु गरेका अन्य तीन अस्पतालमा दमक तथा बाहिरी जिल्लाहरुबाट आएका संक्रमितहरुको समेत उपचार भइरहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले कोभिड उपचार केन्द्र बेलडाँगीमा २१, आम्दा अस्पतालमा २३, एडभान्स अस्पतालमा २१ र लाइफलाइन अस्पतालमा १७ जना संक्रमितहरुको उपचार भइरहेको बताए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...