दमकमा सक्रिय कोरोना संक्रमित संख्या ५ सय नाघ्यो

 लिम्बुवान न्युज
                       

दमक। गएको चैत्र २५ गतेदेखि दमकमा देखिन शुरु गरेको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट सक्रिय संक्रमितको संख्या दमकमा ५ सय नाघेको छ । हाल दमक नगरमा संक्रमितको संख्या ५०२ पुगेको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार यो तथ्याङक बिहिबारसम्म परिक्षण गरिएकाहरु मध्येको हो । आज विभिन्न ल्याबमा गरिएका परिक्षणको रिपोर्ट संकलन भइनसकेको हुँदा भोली शनिबार बिहानसम्म लाग्ने जनाएको छ

आज सम्म उपलब्ध तथ्याङक अनुसार चैत्र २५ यता दमकमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ छ भने ४४ जना संक्रमित कोरोना मुक्त भएका छन । हाल दमकमा सक्रिय संक्रमितको संख्या भने ४५० छ । ति मध्ये १८२ महिला र २६८ पुरुष छन ।

त्यसैगरी दमक अस्पताल कोभिड उपचार केन्द्र बेलडाँगीमा २१ जना संक्रमितको उपचार भइरहेको छ । दमकमा कोभिड उपचार सेवा शुरु गरेका अन्य तीन अस्पतालमा दमक तथा बाहिरी जिल्लाहरुबाट आएका संक्रमितहरुको समेत उपचार भइरहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले कोभिड उपचार केन्द्र बेलडाँगीमा २१, आम्दा अस्पतालमा २३, एडभान्स अस्पतालमा २१ र लाइफलाइन अस्पतालमा १७ जना संक्रमितहरुको उपचार भइरहेको बताए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...