कोरोना महामारी नियन्त्रणमा सबै शक्ति प्रयोग गर्छौ– प्रधानमन्त्री केपी ओली

,   लिम्बुवान न्युज
                       

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नयाँ भेरियन्ट सहितको संक्रम नियन्त्रणमा राज्यले सबै सामथ्र्य लगाउने बताएका छन् । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि राज्यको सबै शक्ति प्रयोग गरिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संक्रमणलाई नियन्त्रण गर्न सबै एकजुट भएर लाग्न पनि अनुरोध गरेका छन्् । उनले मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन अनुरोध गर्दै अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउन बिरामीको चाप र आवश्यकता अनुसार व्यवस्था गर्न पनि सम्बन्धित निकायले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले यो बेला स्वास्थ्य सामग्री, औषधी, अक्शिजन लगायत स्वास्थ्य सेवामा भ्रष्टचार तथा अनियमितता भएमा सरकारले कडाइका साथ कारवाही गरिने बताए । साथै यथाशिघ्र कोभिड–१९ बिरुद्धको खोप व्यवस्था गर्दै संक्रमण न्यूनिकरणका लागि लाग्ने समेत बताए ।

२१ मन्त्री र ३ राज्य मन्त्री सहितको मन्त्रिपरिषद गठन, मन्त्रीमा पुरानै अनुहार दोहोरिए

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको शपथ लिएलगत्तै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्ति सिफारिस गरेका हुन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघिको मन्त्रिपरिषदमा रहेका सबैलाई पुनः दोहोराएर मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्रीहरुको विवरण निम्न रहेको छः

१. ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
२. रामबहादुर थापा बादल, गृह
३. टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ
४. विष्णु पौडेल, अर्थ
५. प्रदीप ज्ञवाली, परराष्ट्र
६. हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
७. लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति
८. कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि
९. प्रभु साह, सहरी विकास
१०.भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
११. मणिचन्द्र थापा, खानेपानी
१२. पद्मा अर्याल, कृषि
१३. बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
१४. गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५. पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि
१६. शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१७. लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला
१८. गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
१९. प्रेमबहादुर आले, वन
२०. जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२१. दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु

२२. नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
२३. रामवीर मानन्धर, सहरी विकास
२४. विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;