कोरोना महामारी नियन्त्रणमा सबै शक्ति प्रयोग गर्छौ– प्रधानमन्त्री केपी ओली

 लिम्बुवान न्युज
                       

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नयाँ भेरियन्ट सहितको संक्रम नियन्त्रणमा राज्यले सबै सामथ्र्य लगाउने बताएका छन् । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि राज्यको सबै शक्ति प्रयोग गरिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संक्रमणलाई नियन्त्रण गर्न सबै एकजुट भएर लाग्न पनि अनुरोध गरेका छन्् । उनले मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन अनुरोध गर्दै अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउन बिरामीको चाप र आवश्यकता अनुसार व्यवस्था गर्न पनि सम्बन्धित निकायले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले यो बेला स्वास्थ्य सामग्री, औषधी, अक्शिजन लगायत स्वास्थ्य सेवामा भ्रष्टचार तथा अनियमितता भएमा सरकारले कडाइका साथ कारवाही गरिने बताए । साथै यथाशिघ्र कोभिड–१९ बिरुद्धको खोप व्यवस्था गर्दै संक्रमण न्यूनिकरणका लागि लाग्ने समेत बताए ।

२१ मन्त्री र ३ राज्य मन्त्री सहितको मन्त्रिपरिषद गठन, मन्त्रीमा पुरानै अनुहार दोहोरिए

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको शपथ लिएलगत्तै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्ति सिफारिस गरेका हुन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघिको मन्त्रिपरिषदमा रहेका सबैलाई पुनः दोहोराएर मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्रीहरुको विवरण निम्न रहेको छः

१. ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
२. रामबहादुर थापा बादल, गृह
३. टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ
४. विष्णु पौडेल, अर्थ
५. प्रदीप ज्ञवाली, परराष्ट्र
६. हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
७. लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति
८. कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि
९. प्रभु साह, सहरी विकास
१०.भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
११. मणिचन्द्र थापा, खानेपानी
१२. पद्मा अर्याल, कृषि
१३. बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
१४. गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५. पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि
१६. शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१७. लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला
१८. गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
१९. प्रेमबहादुर आले, वन
२०. जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२१. दावा लामा तामाङ, युवा तथा खेलकुद

राज्यमन्त्रीहरु

२२. नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
२३. रामवीर मानन्धर, सहरी विकास
२४. विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;