विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ लाख ७० हजार नाघ्यो

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । विश्वका केही देशमा तिब्रदरमा कोरोना संक्रमण बढेसँगै मृत्युदरपनि बढ्दै हालसम्म मृत्यु हुनेको संख्या ३३ लाख ७० हजार ७५४ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५०३ जनाको मृत्यु भएसँगै यो संख्या पुगेको हो ।

पछिल्लो २४ घण्टामा ७ लाख ७८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । यो अवधीमा संक्रमणमुक्त हुनेको संख्या नयाँ संक्रमितभन्दा झण्डै एक लाखले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड १४ लाख ४८ हजार ९६३ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७.०३५ प्रतिशतले बढी हो ।

२४ घण्टामा ६ लाख ९० हजार ६६४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या १६ करोड २५ लाख २० हजार ६४९ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७६ लाख ९९ हजार १७६ छ । यसमध्ये १ लाख ३ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...