लिम्बुवानद्वारा निःशुल्क माक्स र सेनिटाइजर वितरण

 लिम्बुवान न्युज
                       

याङवरक/ पान्थरको याङ्वरकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल याङ्वरक कार्य समितिले निःशुल्क माक्स र सेनिटाईजर वितरण गरिएको छ । आज “कोरोनाबाट आफू पनि बाचौँ र अरुलाई पनि बचाऔँ” भन्ने नारा सहित याङवरकको दारिम्बा देखि गणेश चोकसम्म प्रहरी चौकी नागी थर्पुको समन्वयमा माक्स तथा सेनिटाईजर वितरण गरिएको हो ।

मञ्चका याङ्वरक उपाध्यक्ष दिल कुमार लक्सम, पोलिस्टार तावा, प्रहरी चौकी नागी थर्पुका ईन्चार्ज भिमराज थेबे, सचिव हेमराज योङहाङ, गणेश चोक ट्राफिक बिटका प्रहरी, खेल विभागका संयोजक अमृत योङहाङ लगायत युवा नेताहरुको अगुवाईमा वितरण कार्यक्रम आयोजना गरिएको थियो ।

थर्पु चाैकीका इन्चार्जलाइ माक्स र सेनिटाइजर प्रदान गर्दै मञ्चका उपाध्यक्ष पाेलिष्टार तावा

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो लहर नेपालमा पुनः फैलिरहेको हुँदा सर्वसाधरणमा निशुल्क माक्स र सेनिटाईजर वितरण गर्दै आवश्यक काम बाहेक कोही पनि घरबाट बाहिर ननिस्कन, माक्स लगाउन, सामाजिकदुरी कायम राख्न, सेनिटाईजर प्रयोग गर्न र भिडभाड नगर्न जनचेतनाको लागि माइकिङसमेत गरिएको उपाध्यक्ष तावाले बताए ।

उपाध्यक्ष तावाका अनुसार गणेश चोक ट्राफिक प्रहरी बिट र प्रहरी चौकी नागी थर्पुलाई समेत मास्क साथै सेनिटाइजर प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...