“एक व्यक्ति एक सिलिण्डर” अभियानमा २५० अक्सिजन सिलिण्डर प्रतिबद्धता

 लिम्बुवान न्युज
                       

झापा। एकका लागि एक अभियानले सुरु गरेको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिण्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ । आज शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलन कार्यक्रममा दाताहरुले सो प्रतिबद्धता जनाएका हुन् ।

यस अभियानमा सहारा नेपाल र अन्तर्राष्ट्रिय झापाली समाजले एकएक सय थान अक्सिजन सिलिन्डर प्रदान गर्ने घोषणा गरेका छन् । त्यस्तै, अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अस्ट्रेलियाको किंग्सटन इन्स्टिच्युटले १० थान सिलिन्डरबापतको नगद सहयोग गर्ने संचालक दिपक खनालले प्रतिबद्धता जनाएका छन् । उनी यसअघि स्थापना गरेको पिसिआर प्रयोगशालाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गरेको २५ लाख रुपैयाँ संकलन समितिका संयोजक पनि हुन् । संसारभरी छरिएर रहेका झापालीहरुले एकका लागि एक अभियानमा २५ लाख रुपैयाँ संकलन गरेका थिए ।

त्यस्तै, रोटरी क्लब अफ बिर्तामोडले पाँच थान र रुद्र गौरी श्रीअम्बिका ओली प्रतिष्ठानले पनि पाँच थान सिलिन्डर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । त्यसैगरी झापा–काठमाडौँ सम्पर्क मञ्च क्षेत्र नम्बर ४ ले सिलिन्डर खरिदका लागि नगद ५१ हजार रुपैयाँ सहयोग गर्ने मञ्चका अध्यक्ष सुनिल भेटवालले प्रतिबद्धता जनाएका छन् ।

अभियानलाई व्यक्तिगत रुपमा पनि सहयोग प्राप्त भइरहेको छ । अभियानको सचिवालयका कर्मचारी मातृका सुवेदीका अनुसार पहिलो दिन ९ जनाले सिलिन्डरबापतको १५ हजार रुपैयाँका दरले सहयोग गरेका थिए । आज दोस्रो दिन साँझसम्म २० जना पुग्ने सुवेदीले बताए ।

झापामा पनि अक्सिजन सिलिन्डर अभाव हुने संकेत हुँदै गएपछि कोरोना संक्रमितको उपचारमा सहयोग गर्न अभियानले अक्सिजन बैंक स्थापना गरेको हो । अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीका अनुसार तत्काललाई पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डरको खरिद प्रक्रिया अघि बढाइएको हो ।

अभियानसँग हाल २० लाख रुपैयाँ बचत रहेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । ४०० थान सिलिन्डरका लागि लागभग ६० लाख रुपैयाँ लाग्ने बताइएको छ । अभियानले चीनबाट सिलिन्डर ल्याउन प्रक्रिया अघि बढाएको हो । ४८ लिटर क्षमताका ती सिलिन्डर एअर कार्गोमार्फत काठमाडौँ हुँदै झापा ल्याइने संयोजक गिरीले बताए ।

दोस्रो चरणमा चार कार्यक्रम गर्नेः

दोस्रो चरणमा अभियानले अक्सिजन बैंकको स्थापना गर्ने, एक्सरे मेसिन खरिद, डाक्टर परामर्श सेवा र कोभिड संक्रमित विपन्न परिवारहरुका लागि खाद्यान्न सहयोग कार्यक्रम सार्वजनिक गरेको छ ।

आज शनिबार जुम एप्समार्फत भएको पत्रकार सम्मेलनमा संयोजक गिरीले कार्यक्रमबारे बताएका थिए । अक्सिजन बैंकका लागि काम सुरु भइसकेको छ भने एक्सरे मेसिन स्थापना गर्न प्रक्रिया अघि बढाइएको छ ।

झापा जिल्ला सहकारी संघको पहलमा अभियानमार्फत एक्सरे मेसिन सञ्चालनमा ल्याइने संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए । त्यसका लागि संघले काम गरिरहेको बताइएको छ । एक्सरे मेसिन हाल पिसिआर ल्याब रहेको कनकाईस्थित समर्पण भवनमा स्थापना गरी सञ्चालनमा ल्याइने ढकालले बताए ।

२०२० को मे १ तारिखबाट सुरु भएको अभियानले पहिलो चरणको कोरोना संक्रमणको बेला एक करोडभन्दा बढी खर्चमा पिसिआर ल्याब स्थापना गरेको थियो । ल्याब स्थापना भएपछि झापालगायत साविक मेची अञ्चलबासीको कोरोना परीक्षणमा सहज भएको छ ।

यसअघि पनि अभियानले अघिल्लो वर्षको लक डाउनका बेला विपन्नवर्ग तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरु भोकै नहुन् भनेर एक परिवारले ‘एक विपन्न परिवारलाई सहयोग’ भनेर २ हजार रुपैयाँका दरले सहयोग संकलनबाट अभियान सुरु गरेको थियो ।

अभियानले झापामा भिटिएम, आडिटी किट वितरण गर्नुका साथै, क्वारेन्टिनमा खाद्यान्न तथा स्वास्थ्य सामग्री प्रदान गरेको थियो । संकलन गरिएका स्वाबको परीक्षणमा ढिलाइ हुन थालेपछि अभियानले पिसिआर ल्याब स्थापना गरेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...