धरानमा १५ दिन लकडाउन

 लिम्बुवान न्युज
                       

  • बालकुमार ताम्ली (सजन)

धरान/सुनसरीको धरानमा जेष्ठ १ देखि देखि १५ गते राति १२ बजे सम्म पूर्ण लकडाउन गरिएको छ । दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण लकडाउन गरिएको हो ।

लकडाउनलाई प्रभावकारी बनाउने शनिबार देखि बाक्लो प्रहरी परिचालन साथै स्थानीय सरकारले विहान देखिनै माइकिङ् गरेको छ । शनिबार मर्निङ वर्क जानेहरुलाई पनि होल्ड गरिएको प्रहरीले जनाएको छ । मर्निङ वर्क गदैं विजयपुर पुगेका केही स्थानीयलाई प्रहरीले चोकमा रोकेको थियो । धरानमा यातायात, कलकारखाना, संघसंस्था, विद्ययालय साथै बजार सबै पुर्णरूपमा बन्द भएको छ ।

धरान उपमहानगरपालिकामा इलाका प्रहरी कार्यालय धरानले बढी प्रहरी जनशक्ति परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उहाँले घरमै बसेर कोरोना महामारी फैलनबाट बच्न आग्रह गरेका छन् ।

१५ दिन धरानमा लकडाउनलाई कडाइका साथ लागु गरेर कोरोना संक्रमणदरलाई कम गराउने स्थानीय सरकारको योजना अनुसार थप कडाई गरिएको हो । शनिबार धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले पनि लकडाउनलाई कडाई गर्ने निर्णय गरेको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले लकडाउन उल्लंघन गर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...