धरानमा १५ दिन लकडाउन

 लिम्बुवान न्युज
                       

  • बालकुमार ताम्ली (सजन)

धरान/सुनसरीको धरानमा जेष्ठ १ देखि देखि १५ गते राति १२ बजे सम्म पूर्ण लकडाउन गरिएको छ । दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्ण लकडाउन गरिएको हो ।

लकडाउनलाई प्रभावकारी बनाउने शनिबार देखि बाक्लो प्रहरी परिचालन साथै स्थानीय सरकारले विहान देखिनै माइकिङ् गरेको छ । शनिबार मर्निङ वर्क जानेहरुलाई पनि होल्ड गरिएको प्रहरीले जनाएको छ । मर्निङ वर्क गदैं विजयपुर पुगेका केही स्थानीयलाई प्रहरीले चोकमा रोकेको थियो । धरानमा यातायात, कलकारखाना, संघसंस्था, विद्ययालय साथै बजार सबै पुर्णरूपमा बन्द भएको छ ।

धरान उपमहानगरपालिकामा इलाका प्रहरी कार्यालय धरानले बढी प्रहरी जनशक्ति परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उहाँले घरमै बसेर कोरोना महामारी फैलनबाट बच्न आग्रह गरेका छन् ।

१५ दिन धरानमा लकडाउनलाई कडाइका साथ लागु गरेर कोरोना संक्रमणदरलाई कम गराउने स्थानीय सरकारको योजना अनुसार थप कडाई गरिएको हो । शनिबार धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले पनि लकडाउनलाई कडाई गर्ने निर्णय गरेको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले लकडाउन उल्लंघन गर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...