लायन्स क्लब अफ दमक गरिमाको अध्यक्षमा नविन अग्रवाल

 लिम्बुवान न्युज
                       

दमक/ लायन्स क्लब अफ दमक गरिमा बर्ष २०२१÷०२२ को अध्यक्षमा नविन अग्रवाल चयन भएका छन् । क्लबको नेतृत्व सम्महालेका अग्रवाल दमकका स्थापित युवा व्यवसायी हुन् ।

दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य अग्रवालको अध्यक्षमा चयन भएको समितिको पदाधिकारीहरुसहित अन्य विभिन्न विभागीय जिम्मेवारीहरुको बाँडफाँड गरिएको छ । क्लबको प्रथम उपाध्यक्षमा मुकुन्द आचार्य, द्धितीय उपाध्यक्षमा रेवत बस्नेत, तृतीय उपाध्यक्षमा जिवन चौहान र कोषाध्यक्षमा ख्याम प्रसाद न्यौपाने, सहकोषाध्यक्षमा विशाल विष्ट, सचिवमा दिनेश सुवेदी, सहसचिवमा गोपाल काफले, क्लब डाइरेक्टरमा भोला बराल र दिपेन्द्र ढुंगेल, क्लबको सल्लाहकारमा राजकुमार थापा रहेका छन । त्यसैगरी सदस्यहरुमा राजकुमार गुप्ता, पंकज अग्रवाल, ओम पोखरेल, दिनेश अधिकारी, र नारायण गौतम रहेका छन ।

त्यसैगरी विभिन्न विभागीय जिम्मेवारीहरु प्रदान गर्ने क्रममा देवी प्रसाद कोइरालालाई स्थानीय तह समन्वय संयोजक, लक्की सिटौलालाई क्लब मेम्बर चियर पर्सन, सागर श्रेष्ठलाई सर्भिस को–अर्डिनेर, केशव अग्रवाललाई लायन्स फाउण्डेशन संयोजक, इन्द्र बहादुर बोहोरालाई जनसम्पर्क संयोजक, पंकज शर्मालाई मार्केटिङ कोअर्डिनेटर र विष्णु पौडेललाई सञ्चार समन्वय संयोजकको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;