लिम्बुवानको चर्चा परिचर्चा

 लिम्बुवान न्युज
                       

  • सेसेमी से नाल्बाे

ऐतिहासिक दस्तावेजलाई नाघेर जातिय आधार बैज्ञानिक आधार भनी कुर्लेको पनि पाइयो । तर इतिहास तमाम प्रमाणहरुलाई कुल्चेर कसैले यसको बिपरीत निर्णय लिनु महा भूल हुनेछ ।

किरात प्रदेश अस्पष्ट अवधारणा हो । किनभने लिम्बूवान खम्बूवान माझ किरात मात्र किरात प्रदेश होइन सिंगो नेपाल नै किरातहरुको थातथलो हो । यतिमात्र होइन पछिल्लो समयमा पनि गंगा उत्तर जम्बु काश्मिर देखि बर्मातक र यहँबाट उत्तर किरात प्रदेश हो । खास किरात भनेर चिनीने स्थान त भोट पो हो त जहाँ किरातेश्वर महादेवको स्थल हो । यसै कारण भोट तथा तिब्बतलाई तपस्वीहरु, योगीहरुको स्थल भनियो । किरात स्थानमा बस्नेलाई किरात नभनेर अरुलाई मात्र किन किरात भनियो ? भोटमा बौद्ध धर्मको प्रचारपछि उनीहरुले किरात भन्न भुलेको हुनु पर्दछ ।

शब्दार्थ
जनजाति– अति सामान्य मानवको वर्ग वा समुदाय । खोरीया फाडेर खनी खोश्री खाने र शिक्षा दिक्षामा पछि परेको असभ्य जाति, अल्प र पिछडिएको एक जाति वा त्यस्तो जातिको थलो ।
आदिबासी– पहिलो बासिन्दा, पहिले बस्ती बसाल्ने, आदिम निवासी । आदिम जनजाति ।
आदिम– पहिलो । प्रथम आदिकालीन, सर्वप्रथम, प्राचीनतम, पुरातन, आद्य । (नेपाली शब्द सागर, बसन्तकुमार शर्मा नेपाल)

वास्तवमा लिम्बूवान राज्य के हो ? भनेर नजानी छेउ न भेउ अनावस्यक रडाको मच्चाउनेहरु पनि छन् ।

लिम्बूवानमा दमन, शोषण र बिद्रोह

लिम्बुवान शानमकवानी थिति रीति थामी दिने शर्तमा गोर्खामा सामेल भएपछि तिनका सुखका दिन गए । तिनले अब अनेकोैं दमन, षडयन्त्र, उत्पीडन र शोषण सहनु परेको थियो । तिनले अब आफ्नो जातीय अस्तित्व पनि जोगाउन धौ धौ पर्न गएको थियो । प्राग ऐतिहासिक काल देखि संरक्षण गर्दै आएको भूमि क्रमशः हिन्दुस्तानबाट आएका आर्य जातिलाई हस्तान्तरण गर्ने गराउने राज्य कार्य राज्य पक्षबाट भयो । यसपछि भूमिका धनीहरु सुकुम्बासी हुन पुगे भने बि.सं. १८७२ साल देखि आजसम्म दुई देशका नागरिक नेपाल र भारतको बनाउने षडयन्त्र पनि भयो । अब क्रमशः यस लिम्बुवान भूमिलाई नाम परिवर्तन गरी अनेक जिल्ला अञ्चल, गाउँ पञ्चायत वडा बिकाश क्षेत्रका नामले चिनाउन र तिनका प्राचीन नामहरु परीवर्तन गर्दै हिन्दूकरण पनि गरिन्दै गए । यिनै कुराको संक्षिप्तमा उल्लेख गरिएको छ ।

(१) लिम्बूवानको बिजयपुर राज्य गोर्खामा बि.सं. १८३१ सालमा सामेल भयो तर बिजयपुर मोरङ्का बुद्धिकर्ण राय सहित केहि लिम्बू सुभाहरु सुखिमसंग मिल्न गएका थिए । हुन त बि.सं. १८१४ को पृथ्वी नारायण शाहको लालमोहरपछि लिम्बूहरु सलबलाउन थालेका थिए । कसैले गोर्खासंगको सम्झौता धोका हो भन्दै बिरोध गर्दै थिए । यसै क्रममा गोर्खा र सुखिमको लामो समय सम्म युद्ध भयो । यतिमात्र होइन । बुद्धकर्ण रायलाई गोर्खालीहरुले हत्या गरेका कारण लिम्बू र गोर्खा बीच अन्तरद्वन्द झन् तातिदै मात्र थियो । युद्ध थेग्न नसकि लिम्बूहरु बसाइँ पनि गए ।

(२) दुई देश सुखिम र गोर्खाको युद्धको निहुँमा जातीय दमनको नीति गोर्खाले लिएका कारण असह्य भै बि.सं. १८४१ सालमा फेरी लिम्बुवान राज्यको स्वतन्त्रताको लागि गजदल लिम्बुले बिद्रोह शुरु गरे । यिनलाई पक्रि कारबाही गर्नका लागी तलास गर्दा सुखिम तर्फ भागी मुस्किलले आफ्नो ज्यान बचाए । तर उनी एक्ला नभएका कारण मुरेगान लिम्बु र थामुया लिम्बुले दोश्रो साल बिद्रोह मच्चाए । यी दुवै जनालाई स्वरुपसीं कार्कीबाट मारिए । यी गजदल लिम्बु पनि भागेर सुखिम पसेकाले रण बहादुर शाहको टाउको दुखाईको बिषय भएको थियो । उनलाई चिड्याउनु भन्दा फकाएर हात लिई लालमोहर दिउँला भन्ने आशयको पत्र पल्लो किरात लिम्बुवानका सुभाहरुलाई लेखेका थिए ।

(३) लिम्बुवानको बिद्रोह बि.सं. १८४३ सालसम्म पनि साम्य हुन नसक्दा अझ बिद्रोह चर्केर गएका कारण आम माफिको पत्र पनि लिम्बुवानलाई दिई कलह साम्य गर्ने प्रयास गरिएको थियो । यसैसाथ प्रथम पल्ट किरात प्रदेशमा गोबध प्रतिबन्ध लगाइयो । यी किरात वा मंगोलाइड जातीहरु गोभक्षक जाति थिए । उनीहरु गोरु खान्थे । तर अव हिन्दु आर्य जाती झैँ खान नपाउने भनी प्रतिबन्ध लगाइयो । अव उप्रान्त मरेको सडे गलेको मात्र खान पाउने र यसलाई पनि दर्ता गर्नु पर्ने भयो । यस बापत प्रतिघर रु २।। तिर्नु पर्दथ्यो । यस रीतलाई मेचेन रीत भन्दथे । अव किरात समुदाय तथन जातीलाई क्रमश हिन्दुकरण गर्दै लान लागियो ।

(४) बि.सं. १८४५ सालतिर यङ्जङ्गाहाङ्ले अघि श्रीजंगा सीं झैँ किरात श्रीजंगा लिपि सिकाउँदै थिए । तर अव उप्रान्त किरात लिपि त परै जाओस् देव नागरी लिपि पनि यी म्लेच्छ जातिले सिक्न पाउँदैन भनी प्रतिबन्ध लगाइयो । यङ्जङ्गाहाङ्लाई देश द्रोहीको अभियोग लगाइयो । उसलाई पक्रन खोज्दा उनी पनि सुखिम तर्फ भागेका थिए । किरात राज्यमा किरात लिपि भाषा माथि प्रतिबन्ध लागेको यो नै प्रथम थियो । यसपछि धेरै बर्षसम्म लिम्बुवानमा अधिकारको आवाज उठाउन सकेनन् ।
(१) अघि नुन पानीको कसम खाई लिम्बुवान मिल्न गएकाले सत्य बाचाको डरले गोर्खाको बिरुद्ध बोल्न सकेनन,
(२) अधिकांश लिम्बु बौद्धिक चलाख र शिक्षितहरु बिदेशमा पलायन,
(३) गोर्खा राज्यले बिस्तार बिस्तार शक्ति संचय गर्दै गएको,
(४) गोर्खाबाट पनि शान मकवानी स्वायत्ता अधिकारको थोरै भए पनि उपभोग गर्दै गरेको ।
(५) गोर्खा पट्टी लाग्ने लिम्बुहरु र सुखिम पट्टी लाग्ने लिम्बुहरु बीच युद्ध पनि भयो । आपसमा युद्धका कारण यस समयमा थुप्रै लिम्बुहरुको नाश भएको थियो भने अर्को तिर राज्यपक्षबाट पनि अन्यायपुर्वक कारबाही गर्दा थुप्रै लिम्बुहरु पलायन पनि भएका थिए । यस कारण तिनको कुनै निर्णायक युद्ध हुन सकेन ।
मेची पूर्वको भूभाग गोर्खाले छोडी दिए पछिको आन्दोलन ।

(५) किराती जातीहरु दशैँ चाड मान्दैनथे । हिन्दु संस्कृतिको छाप उनमा थिएन । उनीहरु पहिला देखि नै आ–आफ्नो संस्कार रीति रिवाज मानेर बसेका थिए । तर हिन्दुवाजहरुबाट गैर हिन्दुहरुलाई पनि क्रमशः हिन्दुकरण गर्दै लैजाने सोच गरी बि.सं. १८७० र १८७३ मा राजा गिर्वाण युद्ध बिक्रम शाहबाट धर्माधिकारको मोहर लिम्बु र अन्य किरातहरुलाई दिइएको थियो । यसको पालन पछिसम्म किरातहरुले गरेनन् । जस अनुसार किरात शाखा आठ पहरीया जातीका धनकुटाका रामलीहाङ र रीदमालाई दशैँ चाड नमानेको भनी झुण्ड्याएर राणाहरुले हत्या गरेका थिए ।

(६) बि.सं. १९०३ सालमा आएर नेपालको राजनीतिले क्रुर र तानाशाही जंगबहादुर राणालाई जन्म दिन पुग्यो । यी जंग बहादुर राणा नेपालका प्रधान मन्त्री भए पछि लिम्बु र किपट बिरुद्ध अनेक षडयन्त्र गर्न लागे । । यिनैले सर्बप्रथम बि.सं. १९१० सालमा आएर जातपातमा आधारीत मुलुकी ऐन लागू गरेका थिए । यो ऐन हिन्दुधर्ममा आधारीत थियो । यस कानुनका अनुसार ब्राम्हण जातीलाई कुनै पनि अभियोगमा प्राण दण्ड दिन पाइन्दैन्थ्यो । जुन ००७ साल पछि पनि अनुमोदन गरीयो र यो कानुन बि.सं. २०१९ सालसम्म रह्यो ।

(७) यी जंग बहादुरले नै राई लिम्बु किराती माथि रीस फेर्न सर्वप्रथम किपट जग्गालाई किपट र रैकर भनी वर्गीकरण गरेका थिए । किपट भन्नाले लिम्बुले भोग चलन गरेको वा खनजोत गरेको मात्र किपट र अन्य आर्य जातीले केहि नजराना चढाएर होस वा अन्य कुनै तरहले भोग चलन गरेको माटो होस सो चाहिँ रैकर भनि ब्याखा गरीयो । अव किपट जग्गाबाट आर्यन जातीले कमाई लगाएको वा उब्जनी उसले खाए पनि तिरो चाहि किपटीयाले नै तिर्नू पर्ने तर जग्गालाई चाहि रैकर भनियो । यी जंगबहादुर राणा बि.सं. १९१४ मा बेलायत घुमेर आए पछि उच्च जात घरानाका उच्च जात कुलकाले पढन पाउने बनाए भने अन्य जातीलाई भने लेख्न पढन प्रतिबन्ध नै गरेका थिए । इतिहासमा लेखिएको पाइन्छकि बेलायतीबाट नै लेख्न पढन सर्वसाधारण जनतालाई नदिए सत्ताको आयु लामो हुन्छ भन्ने सुझाव पाएका थिए । धेरै समयसम्म सर्वसाधारणलाई पढन लेख्न नदिदा राणाहरु र भारतमा रहेका बेलायतीहरुले लामो समयसम्म नेपालीबाट फाइदा उठाएका थिए ।

(८) बि.सं. १८१४ को सम्झौता पछि केन्द्र सरकार गोर्खालाई लिम्बुवान सेनाले निरन्तर सहयोग गरेको थियो । इ.सं. १७९१ मा भएको नेपाल भोट झगडा र सन्धिले भोटेहरु सन्तुष्ट थिएनन् । यसो हुँदा नेपालसंग निहँ खोज्यो । शान्ति बार्ता गर्दा पनि बार्ता मिलेन र नेपाल भोटको युद्ध भयो । इ.सं. ६ मार्च १८५५ मा केरुङ्ग, कुति, चुसान, घण्टागढी, झुङ्गागढी, सोनागुम्बा समेत जितेर लिए । तर अन्त्यमा इ.सं. २४ मार्च १८५६ (बि.सं.१९१३) मा थापाथली सन्धि भएको थियो । बि.सं.१९१४ (इ.सं.१८५७ को जनवरी) मा जंग बहादुरका साथ ६ रेजीमेन्ट सिपाही भारतको अंग्रेजी कम्पनी सरकारलाई सहयोगका लागी नेपालबाट गए । यस युद्धमा कुशलतापुर्वक युद्ध सम्पन्न गरे । जुन भारतमा सिपाही बिद्रोहताका थियो । यस लखनौ युद्धपछि नयाँ मुलुक नेपालले उपहार स्वरुप पायो । यी युद्धहरुमा किरातीहरुले कुशलता पुर्बक युद्ध हाँकेकाले राई लिम्बुबाट खुशी भई जंग बहादुरले क्षत्री सरह २ डोराको जनै लगाउनु भन्ने फेरी आदेश दिई कृत्रिम हिन्दु बनाउन असफल प्रयास गरेका थिए । अब जनै लगाउने कुरामा राई लिम्बु अफिसरहरुले मात्र निर्णय गर्न नसकि सुब्बा राई जिमीहरुलाई सोधनी गर्दा पुर्ब मंगोल किरात बँश शाखा जनै लगाउनु हुँदैन भनी खवर पठाए । यस्तै भैरवनाथ पल्टनका लेप्टेन हस्तबीर कुरुम्भङ्गले पनि जनै धारण गरी कृत्रिम आर्यन बन्नु हाम्रो धर्म संस्कारमा छैन र ंजनै धारणलाई स्वीकार नगर्नु भन्ने जवाफ लेखि पठाएका थिए । यसै समयमा धनकुटामा ३ मन जनै पठाइएकोमा सबै नदीमा हाली बगाए भने ताप्लेजोङमा पनि त्यसै गरे । पल्लो किरात लिम्बूवान नागरीकहरुको इमान्दारीता र युद्ध कौशलका कारण जनै बहिस्कार गर्दा जंग बहादुर राई लिम्बूबाट सा¥है चिडिएका भए पनि अब तिमीहरु नमासीने जात हो भनी बि.सं. १९१७ सालमा सनद पत्र दिन बाध्य भएका थिए ।

(९) किरात.प्रदेश गोर्खामा एकिकरण भए पछि गोर्खाको तर्फबाट सुखिम, भोट, अंग्रेजहरुसंगप्रशस्त युद्ध गरेको देखिन्छ । तर किरातीहरुलाई जहिले पनि शंकाको घेरामा राखियो र तिनको इतिहास सा¥है थोरै मात्र लेखिएको देखिन्छ । यी जातीको युद्ध गर्ने कला र शाहस नभएका जाती हुन् भने बिश्व युद्धहरुमा भिक्टोरीया क्रस पदक कसरी पाए त ?

(१०) बि.सं. १९४२ सालमा पृथ्वी बीर बिक्रम शाहदेव राजा र रणोद्धिपसीं कुवर (राणा) प्रधान मन्त्री भएका बेलामा अव सुब्बा रायले आफ्नो पद कायम राख्नका लागी माटो मुरी ६०। ५२ र राय पद कायम राख्न ३०। २६ माटो मुरी सरकारलाई नजराना चढाउनु पर्ने भयो । घर धुरी भने ७।५०, ६।५०, ५।५० र ३ तिरो लाग्ने भयो । अव सलामी चढाएको जमीन रैकरमा परीणत हुन्थ्यो । रैकर जग्गामा आर्यन जातीका मानिसहरुले जागीर पाउँथे । यसले गर्दा क्रमश किपटीया लिम्बुहरुका जग्गा हस्तान्तरण हुँदै गयो । रैकर जग्गामा खोला पै¥हो लागेमा लगत कटा भई तिरो मिनाहा हुन्थ्यो तर किपट जग्गामा मिनाहा पाउँदैनथे । फेरी रैकर जग्गाका घर धुरी बसै गए घर धुरी लगत कटा भई मिनाहा पाउथे । किपटमा जति घर बढदै जान्छ त्यति नै तिरो पनि बढदै जान्थ्यो । यस्ता अन्याय पुर्ण रीतले राणा र गोर्खा राजाले किरात मास्ने निति लिई लिँदा लिम्बूहरु उनीहरुबाट रुष्ट थिए ।

(११) यस्ता अन्याय पुर्ण शासन गर्दा बिद्रोहका स्वरहरु नआएका होइनन् । तर तिनलाई दवाईयो। यसै दमनको सिलसीलामा बि.सं. १९५० मा चैनपुरबाट फेदेनमा जंगी अडडा सारीएको थियो । बि.सं. १९५२ मा ताप्लेजोङ्मा अमाल राख्दा हाङपाङका बाजहाङ आङ्बोहाङ् लिम्बुले बिरोध गर्दा उनलाई मृत्यु दण्ड दिइएको थियो ।

(१२) यस्ता किसीले राणाहरुले लिम्बुवान माथि थिचोमिचो गर्देै आए । किरात लिम्बु भाषा धर्म संस्कार संस्कार संस्कृति माथि निरन्तर प्रहारका कारण जातिय अधिकार र अस्तित्व लोप हुने स्थितिमा पुगे । यहि कारण आठराईका लालसोर सेन्दाङ् लिम्बुले जातिय शोषण र दमनका बिरुद्ध भाषा शिक्षा र धर्म संस्कार सिकाउदै उठे । उनले थुप्रै अनुयायीहरु पनि बनाए । तत्काल उनलाई राजा त्रिभुवन र चन्द्र शम्सेरले कारबाही गर्न नसकि मौका हेरेर बसे । यसै मौकामा बि.सं. १९७१ सालमा पहिलो बिश्व युद्ध शुरु भयो । यसै मौकामा १८–५० बर्षसम्मका लिम्बुहरुलाई बिश्व युद्धमा जवर जस्ति युद्धमा धपाई लिम्बुवानमा सेना खन्याईयो । तिनले लिम्बुवानमा के कस्ता अत्याचार गरे त्यसको लेखा जोखा गर्न पनि सकिन्न । तिनले लाल सोर सेन्दाङको खोजीको निहुमा लिम्बुहरुका घर घर पसी लिम्बुहरुका महत्वपुर्ण पुस्तक लालमोहर, इतिहास आदि प्रमाण पत्रहरु ३०,०००। थान जम्मा गरी जलाई दिए । उनी पनि आप्mना अग्रजहरु झैँ सुखिम तर्फ सुरक्षाका लागी भागी सकेका थिए ।

(१३) अन्य क्षेत्रमा यसरी पछाडि पार्ने भूमिका राज्यले खेल्यो भने राजनीतिक क्षेत्रमा पनि यसरी नै आदिबासी किराती जातिलाई पछाडि राख्नका लागि गुपचुपमा इ.सं. १९१८ (बि.सं.१९७५) तिर राम मणि दिक्षित (आदी) भन्ने एकजना ब्राम्हण कविले राज्य सरकारलाई सल्लाह सुझाब दिदैँ यस्तो ब्यहोराको कबिता लेखि दिएका थिए ।

जंगली स्वाँठे तिघ्रे पाखे
खर्पने डोकेको देश हो नेपाल
भगवान राखिदेउ यो यसै गरी
यी सभ्य भए हाम्रो सिरीखुरी, कहाँ जाला?।।

तिघ्रे र पर्वते स्वाठे
जुन हाम्रा दाजुभाई छन्
त्यहि रहि बाँचुन
हुनु पर्दैन सभ्य ति ।।
बाहुन क्षत्रीयैबाट मन्त्री मण्डल जोडनु
बाहुन क्षत्रीहरुमा पनि उच्च कोटीको
मन्त्री मण्डल जोडदा बाहुन क्षत्री जोडनु
मतवाली कतै नहुल्नु ।।
अयोग्य मतवाली र पाखण्डी निच निर्दयी
पस्यो भने मण्डलमा राज्य उठ्दा गिराउँछ
बाहुन क्षत्रीयैबाट मन्त्री मण्डल जोडनु
त्यस्तै मन्त्री लिई रक्षा गरनु राज्यको सधैँ ।।

यिनी चन्द्र शम्सेर राणा, मातृका प्रसाद कोइराला प्र.म. भएका बखत सल्लाहकार थिए ।

(१४) बि.सं. १९४२ सालमा रणोद्धिप सींका पालादेखि लागू भएको बि.सं. १९५० सालसम्ममा दर्तावाल लिम्बु राईले ७।५०, ६।५०, ५।५० र ३ तिरो तिरी राख्नु पर्ने भयो । घर बढे दामाशाहीले तिर्नु पर्ने । लिम्बु जातीलाई दर्ता गर्दा भैयाद भन्थे भने गैर लिम्बुलाई हले, कोदाले तिरो लाग्दथ्यो । छुटिएर जाँदा लिम्बुलाई भैयाद र अन्यलाई ढाक्रेघर भन्दथे । अव सुब्बा राईले कमाएको जमीन मात्र किपट र अन्य जातीले कमाएइको भूमि रैकरमा परिणत भयो । अन्य चाही रानीबन सरकारको हुने भयो । भोग बन्धक रहेका जमीनको उब्जनी साहुले खाने र तिरो चाही तलसींले तिर्नु पर्ने भयो । रैकर भूमीमा खोला पै¥हो जाँदा आर्यन जातीलाई तिरो मिन्हा हुने र किपट जग्गामा भने मिन्हा नहुने भयो । रैकर जमीनबाट कोही बसाई गए लगत कट्टा हुन्थ्यो तर किपट जग्गाबाट बसाई गए लगत कट्टा हुँदैनथ्यो । प्रमुख जिम्मावाल सुभाले मालपोत लिई सरकारी अडामा बुझाए पछि भर्पाइ लिई सम्बन्धित ब्यक्तिलाई रसीद दिनु पर्दथ्यो । किपटीया लिम्बुहरु मात्र होइन माझ किरातमा पनि किपटको चलन थियो । किपट सीधै हस्तान्तरण नहुने ब्यवस्था बिं.सं. २०२५ साल मंसीर ८ गतेसम्म कायम थियो ।

(१५) यस्तै क्रममा फेरी बि.सं. १९९५ सालमा बिशुद्ध साधु सन्त महन्त सत्यहाँमा महागुरु फाल्गुनन्द माथि पनि षडयन्त्रको शिकार बनाइयो । पल्लो किरात लिम्बुवानमा एक जना लिम्बु जोगी फिरङ्गी भई हिमाल, पहाड र तराई तिर घुम्छ । कहिले काहि तिर्थ यात्राको निहुँमा बिदेशतिर जान्छ । यसले राई लिम्बु साथै अन्य सबै किरातीहरु एक हुनुपर्छ भन्दै राजा हुन खोज्दै छ भन्ने पोल बनाई कञ्चन गिरी नामका एकजना मानिसले धनकुटाका बडा हाकिम माधव शम्सेर राणाकोमा उजुर गरे । अव फाल्गुनन्दलाई पक्रि झिकाई लिम्बुवानमा राजा हुन खोज्ने मानिस तिमीनै हौ ? भनि सोधनी गरीयो । यस्ता फरेप लगाई दुखः दिदा फाल्गुनन्दको घृणाको सीमा रहेन । तर अन्त्यमा झुटा ठहरगरी छाडियो । यसरी किरात मुलुकमा किरातीहरु माथि सधैँ शंकाको घेरामा मात्र राखिन्थ्यो । यसकारण सन्तसँग पनि राणा र शाही परिवार यसरी झस्कन्थे ।

(१६) शाही र राणा परीवारबाट अनेक षडयन्त्र गरी ठगीन्दै आएका लिम्बुहरुले थाहा पाउँदै गए । समयले कोल्टे फेर्दै आयो । राणाहरु कै पक्ष पोषणमा लागेर आर्यन हिन्दुमतका मानिसहरुको प्रवेश भएको र सीधा साधा लिम्बुहरु माथि शोषण गरी जग्गा जमिन समेत हडप्दै लाँदा लिम्वुवानवासीले अत्याचार भएको महसुस गरे । यस्तै क्रममा निरङकुश राणाहरुको बिरुद्धमा आन्दोलन उठ्न लाग्यो । अव नेपाली कांग्रेसले पूर्व लिम्बुवानमा आन्दोलन तिब्र पार्न यस्तो आह्वान गरेकी “लिम्बुहरुले श्री ५ महाराज धिराजबाट भएको लालमोहरमा राणा शाहीले जति बाधा दिएको छ, सो सबै पुरानो हक तपाईहरुले नेपाली कांग्रेस सरकार मार्फत पाउने छ ….।”

(१७) कांग्रेसको यस्तो आव्हानले बि.सं. २००७ मा नेपाली कंग्रेससंग मिलेर जी.बी. याक्थुङबा, बी.बी. चेम्जोङ र कमानसीं लिम्बुको नेतृत्वमा पुर्व लिम्बुवानमा आन्दोलन चल्यो यस्ता आह्वानका कारण नेपाली कांग्रेसको जनमुक्ति सेनामा फटाफट लिम्बुहरु नियुक्ति भए । जी.बी. याक्थुङबा, बी.बी. चेम्जोङ र कमानसीं लिम्बु कमाण्डर बनाइए । अव यिनको नेतृत्वमा सारा लिम्बुवान भरमा राणा शाहीको शाहीखाना कब्जा गरे । आर्यन जातीहरु राणा र शाही नीतिको पृष्ठ पोषक थिए । यस कारण कतिपयले राणाको बिरोध गर्नु भनेको बाहुन क्षेत्रीको बिरोध गर्नु हो भन्ने बुझे । अव कतिले बाहुन क्षेत्रीलाई पनि तारो बनाए । यसो हुँदा आर्यन जाती (बाहुन क्षेत्री) लाई कतिपय ठाउमा तिब्र आक्रमणको शिकार पनि भए ।

(१८) लिम्बूवान राज्य परिषद् बि.सं.२००८ अध्यक्ष ललित बहादुर तुम्बाङ्फेः अव सारा काम फत्ते गरेपछि धनकुटामा लिम्बुहरु भेला भई लिम्बुवान स्वायत्ता शासनको लागी १६ सदस्यीय लिम्बुवान राज्य परीषद् मन्त्री मण्डल गठन गरे । जसमा ललित बहादुर तुम्बाङफे –प्रधान मन्त्री, प्रेम बहादुर माबोहाङ –गृह मन्त्री र कमानसीं लिम्बु रक्षा बिभागको प्रमुखमा जिम्मा पाए ।

(१९) तर अव त्रिभुवन भारतबाट नेपाल फर्कि आई सरकार गठन हुँदा तिनै राणा मोहन शम्सेरको प्रधानमन्त्रीत्वमा राणा कांग्रेसको संयुक्त सरकार गठन गरियो । त्यस पछि लिम्बुवान स्वायत्त सरकारको मन्त्री मण्डल अवैध घोषणा गरी प्रतिबन्ध गरियो । अव आर्य जातीका मानिसहरुलाई पुनरबास गरियो । अघिका क्षत्रि बाहुन बिरोधी लिम्बुहरुलाई पनि राम्रैसंग कारबाही गरियो । दिल्ली सम्झौता भएपछि लिम्बुवान राज्य परिषद्लाई पनि कारबाही गरियो ।

(२०) अव राणा राजा र कांग्रेसको संयुक्त सरकारसंग लिम्बु रिसाएर बिद्रोह गर्न लागे । यिनलाई खुकुरी दलको संज्ञा दिइयो । बि.सं. २००८ साल बैसाख २ गते यस दललाई प्रतिबन्ध लगाईयो । यस पछि राणा कांग्रेसको इसारामा नाच्ने इलामका डी.आइ.जी. बी.बी. चेम्जोङले इलामको मंगलबारेमा यसै महिनाको १२ गते लिम्बुवान प्रान्तको माग गर्ने बिजय बहादुर लगायत २ जना लिम्बुको हत्या गरेपछि तिनको बिद्रोह सेलाएर गयो ।

(लेखकः लुङा पत्रिकाका सम्पादक हुन्)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...