छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

,   लिम्बुवान न्युज
                       

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो ।
यस महोत्सवमा नेपालका विभिन्न आदिवासी जनजाति समुदायका उत्कृष्ट चलचित्रहरू पनि प्रदर्शन गरिनेछन् । जेठ १७ देखि १९ गतेसम्म आयोजना हुने उक्त महोत्सवमा प्रवेश तथा सम्पूर्ण चलचित्र प्रदर्शन निःशुल्क रहेको छ । याक्थुङ समुदायका चलचित्र ‘तङसिङ’ आज जेठ १७ गते दिउँसो १ः३० बजे र ‘रीत’ जेठ १९ गते दिउँसो १२ः०० बजे प्रदर्शन हुने निर्देशक सागर केरुङले बताए ।
यस वर्षको महोत्सवको फेस्टिभल डाइरेक्टरको जिम्मेवारी लिम्बू समुदायले प्राप्त गरेको निर्देशक केरुङले बताए । यो सम्पूर्ण याक्थुङ÷लिम्बू समुदायका लागि गर्व, सम्मान र ऐतिहासिक उपलब्धिको विषय हो । त्यसैले महोत्सवलाई भव्य, सभ्य र लिम्बू याक्थुङमय बनाउनु हाम्रो साझा दायित्व पनि हो – उनले भने ।
आज १७ गते विहान ११ बजेबाट भोलि र पर्सिसम्म लिम्बू सांस्कृतिक भेषभुषा सहित लिम्बू समुदायका सबैलाई सहभागी हुन निर्देशक केरुङले अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;