प्रधानमन्त्रीद्वारा भण्डारीको शालिकमा माल्र्यापण, बरिष्ठ नेता नेपालद्वारा दासढुंगा दुर्घटना छानविनको माग

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। २८औं मदन–आश्रित स्मृति दिवसमा नेकपा एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान पुरानो पार्टी कार्यालय बल्खु (मदननगर)मा अवस्थित मदनभण्डारीको शालिकमा माल्र्यापण गरेका छन् । काेराेना महामारीका कारण सिमित नेताहरुको उपस्थितिमा जवजका निर्माता भण्डारीको शालिकमा माल्र्यापण गर्दै प्रधानमन्त्री ओलीले दासढुंगाको रहस्यमय दुर्घटनाले नेपालको कम्यूनिस्ट आन्दोलनमा एउटा अपुरणिय क्षति र ठूलो धक्का भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले “हामीले संकल्प गरौं कि जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने अठोट गरौं”- भन्नुभयो । २८औं मदन–आश्रित स्मृति दिवसमा अधिकार प्राप्ति, अवसर, सामाजिक न्याय र समानतको सुनिश्चिता भएको समाज निर्माण गर्नुका साथै राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशिल रहन पनि प्रधानमन्त्री ओलीले गर्नुभयो । विभाजित कम्यूनिष्ट आन्दोलनलाई एकीकृत गर्दै राष्ट्रियता, सामाजिक, आर्थिक रुपान्तरण र सामाजवाद निर्माण गर्दै कम्यूनिष्ट पार्टीलाई स्थापित गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न इमान्दार भएर लाग्न सबै नेता कार्यकर्ताहरुमा निर्देशन दिएका छन् ।

यसैगरी नेकपा (एमाले) का बरिष्ठ नेता माधव नेपालले २८ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै जनताको बहुदलिय जनवादले अघि सारेका लोकतान्त्रिक मूल्य मान्यतालाई स्वयंले कति आत्मसात् गरिरहेका छौँ भनी प्रश्न गरेका छन् । उनले अध्यक्ष तथा प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै उक्त प्रश्न गरेका हुन् ।

नेता नेपालले ‘जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताको रुपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य–मान्यतालाई स्वंयम् हामीले आत्मसात गरीरहेका छौँ कि छैनौं भनेका छन् । उनले अहिले मदन भण्डारी र जीवराज आश्रितले परिकल्पना गरेको सुन्दर, शान्त, समृद्ध, सामाजिक न्याय र समानतायुक्त नेपालको सपना साकार पार्नका लागि आफूहरू प्रतिबद्ध हुनपर्ने समय आएको भनेका छन् ।

यसैगरी नेता नेपालले आजभन्दा २८ बर्ष पहिले भएको दासढुंगा दुर्घटनामा मृत्यु भएका द्वय नेता मदन भण्डारी र जीवराज आश्रितको मृत्यूको यथार्थ पत्ता लगाउन सरकारसँग माग समेत गरेका छन् ।

 

 

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;