अर्जुनधाराका प्रशासकीय अधिकृत खाम्याहाङको निधन

 लिम्बुवान न्युज
                       

बिर्तामोड। कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो ।

उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उपचारकै क्रममा आज बिएन्डसी हस्पिटलमा निधन भएको हो ।

उनको निधनबारे झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले आज पुष्टि गरेका छन् । उनको २ बजेर ३० मिनेटमा निधन भएको प्रजिअ तिमल्सिनाले जानकारी दिए । उनको स्वास्थ्य सुधार नभएपछि वैशाख १७ गते थप उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो ।

प्रशासकीय अधिकृत खाम्याहाङ संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा बसेका थिए भने २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा बसेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...