पत्रकारलाई कामबाट ननिकाल्न सञ्चार गृहलाई महासंघको चेतावनी

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल पत्रकार महासंघले कोरोना महामारीमा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई चेतावनी दिएको छ । कोरोना संक्रमण नयाँ भेरियन्ट सहित दोस्रो लहरमा फैलिएसँगै निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना बाहिर आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारहरुको रोजगारी नखोस्न चेतावनी दिएको हो ।

महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि वहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गरे । उनले कोभिड १९ को पहिलो लहरमा जस्तै दोस्रो लहरमा पनि पत्रकारहरुलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारहरुका निम्ति महासंघले कानुनी लडाइ लड्नुको साथै दबाबमुलक काम गरिरहेको बताए ।

महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने बिडम्बनाबाट सरकार माथि उठ्नुपर्ने आवश्यकता औंल्याए । महासंघले महामारीको समयमा पत्रकारहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारहरुलाई पनि समेटेर त्यही प्रकारको सेवा सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

महासंघले कोरोना संक्रमित पत्रकारहरुलाई उपचारका लागि सहजीकरण पनि गरिरहेको छ । महासंघको केन्द्रीय कार्यालयमा रहेको आवास गृहमा आइशोलेसन बेड निर्माण गरिएको छ । त्यसैगरी दाङ, रोल्पा, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, पर्वतलगायतका जिल्लामा अक्सिजन, चिकित्सक सहितको आइशोलेसन सेन्टर बनाएर उपचार गर्ने वातावरण बनाएको महासचिव पुरीले जानकारी दिए । काठमाडौं उपत्यकामा संक्रमित पत्रकारका लागि बेड, अक्सिजन, औषधि खोज्ने र बाहिरी जिल्लाबाट रिफर भईआएका पत्रकारलाई काठमाडौंमा बेड मिलाउने, आइसियु, भेन्टिलेटर मिलाउने जस्ता काम महासंघले गरिरहेको उनले बताए ।

महासंघका अनुसार जेठ २ गतेसम्म मुलुकभर करिब ८०० जना पत्रकार कोरोना संक्रमित भएका छन् । जसमध्ये २५० भन्दा बढी सक्रिय संक्रमित छन् भने ४० जना अस्पतालमा उपचार गराइरहेका छन् । ६ जनाको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ भने संक्रमणबाट हालसम्म १३ जना पत्रकारले ज्यान गुमाए सकेका छन् ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...