कोरोना संक्रमितलाई निशुल्क उपचारको व्यवस्था

 लिम्बुवान न्युज
                       

झापा। कोरोना भाइरसको संक्रमणबाट देशभर सर्वसाधारणले गम्भीर स्वास्थ्य संकटको सामना गरिरहेको बेला झापाको बुद्धशान्ति गाउँपालिकाले भने व्यवस्थित रुपमा पूर्वतयारीका साथ आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ । बुद्धशान्तिले देशभरको विग्रँदो अवस्थालाई मध्यजनर गरेर सतर्कताका लागि यस्तो तयारी गरेको हो ।

स्वास फेर्न गाह्रो हुने संक्रमितलाई अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ भने त्यहाँ उपचार गर्न आउनेलाई कुनै पनि शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।

अक्सिजनको अभावले देशभर हाहाकारको अवस्था सृजना भईरहँदा बुद्धशान्ति गाउँपालिकाले भने कोरोना संक्रमणबाट ग्रसित सर्वसाधारण जसलाई अक्सिजनको आवश्यकता पर्छ उनीहरुका लागि अक्सिजनको अभाव हुन नदिन १५ बटा अक्सिजन सिलिण्डरको व्यवस्थापन गरि गाउँपालिकामा सुविधायुक्त आइसोलेसन सेन्टर सञ्चालन गरेको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए । अध्यक्ष भुजेलले विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर जुटाइएको बताएका छन् ।

बुद्धशान्ति गाउँपालिकामा कोरोना संक्रमितको संख्या सय नाघिसकेको अवस्थामा सर्वसाधारणमा आउनसक्ने संकटलाई ध्यानमा राखेर पालिकाले महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको निर्माणाधिन भवनमा आइसोलेसन सेन्टर हाललाई सञ्चालनमा ल्याएको उपाध्यक्ष मिरा भूर्तेलले बताइन् ।

आइसोलेसन सेन्टरमा हालसम्म कोहि विरामीलाई ल्याउनुपर्ने अवस्था नभएपनि पूर्ण तयारी अवस्थामा गाउँपालिका रहेको उपाध्यक्ष भूर्तेलले वताइन् । विरामीको उपचार गर्न सकेको अवस्थासम्म स्वास्थ्यकर्मीले यही आइसोलेसन सेन्टरमा गर्ने र विरामीको अवस्था थप जटिल भए अन्यत्र रेफर गरिने बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिएका छन् ।

आइसोलेसन सेन्टरमा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । उनले हाललाई १५ बेड तयारी अवस्थामा रहेको संक्रमित थपिदै गएमा थप बेड सञ्चालन गर्न सक्नेगरीको व्यवस्थापन भईरहेको बताएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...