१२९ बर्षको इतिहास रच्दै प्रिमियर लिगमा गोलकिपर एलिसोनले गरे गोल

 लिम्बुवान न्युज
                       

एजेन्सी । १२९ बर्षको इतिहासमा अन्तिम मिनेटमा गोलकिपर एलिसोन बेकरले गोल गरेपछि इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हात पारेको छ । इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोलरक्षक एलिसनले हेड मार्फत सुन्दर गोल गरि लिभरपुलको जित पक्का गरेका हुन् । लिभरपुलका लागि सन् १८९२ पछि १२९ बर्ष पछि गोलकिपरले निर्णायक गोल गरेका हुन् ।

घरेलु टोली वेष्ट ब्रोमसँगको सो खेलमा १५ औँ मिनेटमा रोब्सन कानुले गोल गरि घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । मोहम्मद सालहले लिभरपुलका लागि ३३ औँ मिनेटमा बराबरी गोल गरे ।

लिभरपुलको १२९ वर्षको इतिहासमा कुनै पनि गोलरक्षकले महत्वपूर्ण प्रतिस्पर्धात्मक खेलमा गोल गरेका थिएनन् । एलिसन प्रिमियर लिगमा गोल गर्ने छैटौँ गोलरक्षक बनेका छन् । र हेड मार्फत गोल गर्ने पहिलो हुन् ।

खेल लगत्तैको अन्तर्वार्तामा एलिसनले आफ्ना पितालाई सम्झिँदै भने, ‘आश छ कि उहाँ यहिँ हुनुहुन्थ्यो मेरो खेल हेर्नका लागि, उहाँले यो क्षण भगवानको साथमा सेलिब्रेट गरिरहनु भएको छ भन्ने विश्वासमा छु ।’ एलिसनका ५७ वर्षे पिताको गएको फेब्रुअरीमा ब्राजिलमा आफ्नो बिदा मनाउने घर नजिकैको बाँधमा डुबेर निधन भएको थियो ।

जितसँगै लिभरपुलको शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जीवितै बनेको छ । पाँचौ स्थानको लिभरपुलको अन्तिम दुई खेलअघि ६३ अंक छ । चौथो स्थानको चेल्सीको ६४ अंक छ भने तेस्रो स्थानको लेस्टर सिटीको ६६ अंक छ । यी दुई टिमबीच आगामी लिग खेलमा प्रतिस्पर्धा हुनेछ। जसको फाइदा लिभरपुललाई हुँदैछ ।

साेसल मिडियामा भाइरल भएकाे भिडियाे तल हेर्नुहाेस्ः

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...