“एक व्यक्ति एक अक्सिजन सिलिन्डर” अभियानमाः जुट्यो २५ लाख

 लिम्बुवान न्युज
                       

विर्तामोड। झापामा शुरुगरेको “एकका लागि एक अभियान” अन्तर्गत ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा सोमबार बिर्तामोड उद्योग बाणिज्य संघसहित १४ संघसंस्था तथा व्यक्तिले ४० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।

एकका लागि एक अभियानले शुरु गरको ‘एक व्यक्ति एक सिलिण्डर’ संकलन कार्यमा बिर्तामोड उद्योग बाणिज्य संघको सहजीकरणमा बिर्तामोडका सामाजिक संघ संस्था र व्यक्तिहरुले प्रतिसिलिन्डर १५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षता र एकका लागि एक अभियानका सहसंयोजक बिनोद बस्नेतको प्रमुख आतिथ्यमा आयोजित सिलिन्डर वापतको रकम हस्तान्तरण कार्यक्रममा हङकङ बस्ने बिर्तामोडका नागरिकबाट १० थान, बिर्तामोड उद्योग बाणिज्य संघबाट ५ थान, लायन्स क्लव अफ अनारमनीबाट ५ थान, छठ सेवा समिति बिर्तामोडबाट ५ थान, बुद्धि घिमिरेबाट ४ थान, त्यसैगरी सौर्यबत्ती जडान उपभोक्ता समितिबाट ३ थान, स्वर्गीय पर्शु सिटौलाको स्मृतिमा छोरा शैलेन्द्र सिटौलाबाट ३ थान, लोकप्रसाद चापागाईंबाट १ थान, प्रल्हाद शिवाकोटीबाट १ थान, विनय डाँगीबाट १ थान, क्रिएटिभ इन्टरनेशनल (एजाज अहमद अन्सारी) बाट १ थान गरी ४० थान सिलिन्डर प्रदान गरिएको बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिए ।

व्यक्तिगत रुपमा एक सय ३० बढी सिलिन्डरको रकम अभियानको खातामा जम्मा भइसकेको छ । योसँगै एक सय ७० बढी सिलिन्डरको रकम जम्मा भइसकेको बताइएको छ । १५ हजारका दरले २५ लाख रुपैयाँभन्दा बढी हुन आउँछ । सहयोग जुट्ने क्रम जारी छ । सहारा नेपाल साकोस र अन्तर्राष्ट्रिय झापाली समाजले यसअघि नै एक÷एक सय वटा सिलिन्डर प्रदान गर्ने प्रतिबद्धता जनाइसकेका छन् । उत्साहजनक सहयोग अभियानले लक्ष्यको नजिक पुगिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताएका छन् ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...