लिम्बुवान मञ्चका महासचिव खम्बू पितृशोकमा

 लिम्बुवान न्युज
                       

मेचीनगर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका महासचिव यलम्बर खम्बू पितृशोकमा परेका छन् । महासचिव खम्बू र मञ्चका झापा जिल्ला उपाध्यक्ष अमित खम्बूका पिता कासमिर खम्बूको मंगलबार राती साढे ११ बजे ७१ बर्षको उमेरमा निधन भएको हो ।

विगत ६ बर्ष देखि पेटका बिरामी खम्बूको पाचनक्रियामा समस्या भएको थियो । नेपालमा प्रजातन्त्रको स्थापना भएकै ताका वि.सं. २००७ सालमा जन्मिएका खम्बू जातीय मुक्ति आन्दोलनमा झापाका एक खम्बा रहेका थिए । राष्ट्रिय जनमुक्ति पार्टीमा लामो राजनीति गरेका खम्बूको निधनले पहिचान, संघीयता, सह–अस्तित्व सहितको १०+१ प्रान्तीय स्थापनाका निम्ति लडिरहेकाको मञ्चलाई क्षति पुगेको मञ्चका सचिवालय सदस्य नन्दु मेन्याङ्बोले बताएका छन् ।

खम्बुका तीन छोराहरु महासचिव खम्बू, रामदेव खम्बू र जिल्ला उपाध्यक्ष अमित रहेका छन् भने एक छोरी कला राई छन् । महासचिव खम्बू कामको शिलशिलामा हाल काठमाडौंमा रहनुभएको हुँदा वहाँ आइपुगेपछि मृतक खम्बूको जातीय परम्परा अनुसार अन्तिम संस्कार गरिने नेता मेन्याङ्बोले बताएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...