लिम्बुवान मञ्चका महासचिव खम्बू पितृशोकमा

 लिम्बुवान न्युज
                       

मेचीनगर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका महासचिव यलम्बर खम्बू पितृशोकमा परेका छन् । महासचिव खम्बू र मञ्चका झापा जिल्ला उपाध्यक्ष अमित खम्बूका पिता कासमिर खम्बूको मंगलबार राती साढे ११ बजे ७१ बर्षको उमेरमा निधन भएको हो ।

विगत ६ बर्ष देखि पेटका बिरामी खम्बूको पाचनक्रियामा समस्या भएको थियो । नेपालमा प्रजातन्त्रको स्थापना भएकै ताका वि.सं. २००७ सालमा जन्मिएका खम्बू जातीय मुक्ति आन्दोलनमा झापाका एक खम्बा रहेका थिए । राष्ट्रिय जनमुक्ति पार्टीमा लामो राजनीति गरेका खम्बूको निधनले पहिचान, संघीयता, सह–अस्तित्व सहितको १०+१ प्रान्तीय स्थापनाका निम्ति लडिरहेकाको मञ्चलाई क्षति पुगेको मञ्चका सचिवालय सदस्य नन्दु मेन्याङ्बोले बताएका छन् ।

खम्बुका तीन छोराहरु महासचिव खम्बू, रामदेव खम्बू र जिल्ला उपाध्यक्ष अमित रहेका छन् भने एक छोरी कला राई छन् । महासचिव खम्बू कामको शिलशिलामा हाल काठमाडौंमा रहनुभएको हुँदा वहाँ आइपुगेपछि मृतक खम्बूको जातीय परम्परा अनुसार अन्तिम संस्कार गरिने नेता मेन्याङ्बोले बताएका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;