रहेनन् दमकका पूर्व जनप्रतिनिधि इङ्नाम

 लिम्बुवान न्युज
                       

दमक/झापा दमकका सामाजिक व्यक्तित्व नेकपा एमालेका नेता एवं पुर्व जनप्रतिनिधि मोती इङ्नामको कोरोना सक्रमणबाट निधन भएको छ । आज विहान ३ बजे उपचारको क्रममा बिराटनगरको नोवल अस्पतालमा उनको निधन भएकाे हो ।

उनि नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. ५ झापाका सदस्य एवं दमक वार्ड नं. पुरानो १० र हालको ५ का पुर्व वार्ड अध्यक्ष समेत रहेका थिए । सामाजिक रुपमा अत्यन्तै मृदुभाषी व्यक्ति लिम्बुको स्वासप्रश्वासमा समस्या भएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा उपचार भईरहेको थियो ।

उपचारमा कुनै सुधार नआएपछि विर्तासिटीबाट रेफर गरेर थप उपचारको लागि मंगलबार नोवल अस्पताल पु¥याईएको थियो । तर कोराना कहरसँग वचाउन नसकिएको पारिवारिक श्रोतले बताएका छन् । उनको आजै कन्काईमा अन्तिम दाहसंस्कार गरिने दमक वडा नं. ५ का अध्यक्ष इन्द्र गुरुङ्ले बताएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...