काठमाडाैं परिसरका बहालवाला डिएसपीको कोरोना संक्रमणबाट मृत्यु

 लिम्बुवान न्युज
                       

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरीय प्रहरी परिसरमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् । २ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनी नेपाल प्रहरी संगठन भित्र एक इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिएका अधिकृत हुन् । उनको निधनले एक कर्तव्यनिष्ठ क्षमतावान अधिकृत गुमेको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...